Loading...
उम्मेद्वारलाई लक्षीत गरी गरिएको बम प्रहारको घटनाप्रति नेकपा एमालेको आपत्ति

काठमाडौं । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका क्रममा रोल्पा, रुकुम लगायतका जिल्लामा वाम गठबन्धनका उम्मेद्वारलाई लक्षीत गरी गरिएको बम प्रहारको घटनाप्रति नेकपा एमालेले आपत्ति जनाएको छ ।
एमालेको निर्वाचन परिचालन समितिले आइतवार एक विज्ञप्ति जारी गर्दै निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार वर्षमान पुन र जनार्दन शर्मामाथि भएको बम आक्रमणको घटनाप्रति विरोध जनाएको हो ।
विज्ञप्ति मार्फत निर्वाचनको मुखैमा सत्तारुढ दलबाट गुण्डागर्दी र आक्रमणका घटनाहरु बढेको भन्दै घटनामा संग्लन आक्रमणकारी माथि तुरुन्त कारबाही गर्न माग गरिएको छ ।
माओवादी नेता शर्मा चढेको गाडीमा चौरजहारी नगरपालिकाको गाइरीमा कात्तिक २४ गते र पुनको गाडीमा रोल्पाको माडीगाउँमा कात्तिक २५ गते बम प्रहार भएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads