Loading...
बर्षमान ओनसरी र महरामाथि एकैपटक बम प्रहार, यस्तो छ अवस्था

चुनावी अभियानमा रहेका माओवादी केन्द्रका चार बरिष्ठ नेतामाथि एकैपटक बम प्रहार भएको छ ।
कृष्णबहादुर महरा, बर्षमान पुन (अनन्त), पूर्व सभामुख ओनसरी घर्ति र कूलप्रसाद केसीको टोलीमाथि शुक्रबार दिउसो साँढे १२ बजे बम प्रहार भएको हो ।
माओवादी केन्द्रका चारैजना नेता सदरमुकाम लिवाङतर्फ आउँदै गर्दा भदौरे भन्ने ठाउँमा भीरबाट बम खसालिएको थियो । त्यसमध्ये केसी र पुनद्धय सुलिचौरबाट र महरा दाङबाट रोल्पा सदरमुकाम लिवाङतर्फ जाँदै थिए ।
बम महरा र सशस्त्र प्रहरी सवार गाडीको ठीक बीचमा खसेको थियो । बम प्रहार भएपछि प्रहरीले जवाफमा दुई राउण्ड गोली प्रहार गरेको थियो ।
घटनास्थल जिल्ला सदरमुकाम लिवाङबाट १० किलोमिटर टाढा पर्छ । चारैजना नेताहरु सदरमुकाम आइसकेका छन् । घटनाप्रति खेद व्यक्त गर्दै महराले समाजवादी क्रान्तिबाट डराएका आपराधिक समूहले घटना गराएको प्रतिक्रिया दिएका छन् ।
काठमाडौं टुडेबाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads