Loading...
राष्ट्रिय इसाई समाजद्वारा माओवादीलाई भोट अपिल

Click to Load Image


काठमाडौं– राष्ट्रिय इसाई  समाज, एकता केन्द्र नामक संस्थाले  नेकपा माओवादी केन्द्रलाई भोट हाल्न अपील गरेको खुलासा भएपछि राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 
 महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा वास्तविकता नबुझि सामाजिक सञ्जालमा गाली गलौज नगर्न सचेत गराइएको छ । 
इसाई समाजका पूर्व सहासचिव भनिएका रामप्रसाद न्यौपाने राजनीतिक कार्यकर्ता भएको बुझिएको   उल्लेखसहित विज्ञप्तिमा न्यौपानेले अपिलमा उल्लेख गरेको पूर्वमहासचिव पद गैरकानुनी र गैरजिम्मेवार भएको  बताइएको छ । 
महासंघमा फरक फरक  राजनीतिक आस्था राख्न स्वतन्त्रता रहेको भन्दै धार्मिक समुदायमागि आँच आउने खालका कार्य नगर्न नगराउन समेत प्रवक्ता सागर बैंजुद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत  अपिल गरिएको छ ।

रातोपाती बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads