Loading...
८७ सिट जित्ने एमालेको सर्वेक्षण

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आ–आफ्नो शक्तिको अनुमान गर्दै दलहरु थप निर्वाचन क्षेत्र जित्ने रणनीतिमा लागेका छन् ।
एमालेले उम्मेदवारी दिएका मध्ये ९० प्रतिशत स्थानमा जित्ने बताएको छ । ९६ स्थानमा उम्मेदवारी दिएको एमालेको दाबी सही भएमा उसले ८७ सिट जित्नेछ ।
यता माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले कति स्थान जित्छ भन्ने आँकलन गर्न भ्याएको छैन । प्रतिनिधिसभाका ६२ स्थानमा उम्मेदवारी दिएको माओवादी आन्तरिक रिपोर्ट पर्खेर बसेको छ ।
कमल थापा नेतृत्वको राप्रपा स्थानीय तह चुनावको भन्दा राम्रो परिणाम आउने पक्षमा छ । उम्मेदवारी दिएका सबै अर्थात् ४ सिट जित्ने राप्रपा प्रजातान्त्रिकको दाबी छ भने प्रदेश २ मा बहुमत ल्याउने दाउमा संघीय समाजवादी फोरम छ ।
नयाँ पत्रिकाबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads