Loading...
कम्यूनिष्टलाई अधिनायकवादी भन्नु काँग्रेसको पतन : झक्कु प्रसाद सुवेदी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा काठमाडौं क्षेत्र न ६ का प्रतिनिधिसभा उम्मेद्धार झक्कु प्रसाद सुवेदीले नेपाली काँग्रेस लोकतन्त्रवादी पार्टी नभएको जिकिर गरेका छन ।
गाँउको मानिस काठमाण्डौमा आए गाँउ जान मान्दैन, काठमाण्डौको मानिस अमेरिका गए काठमाण्डौ फर्किन मान्दैन भन्ने उदाहरण दिदै उनले नेपालमा अव आर्थिक वृद्धि गरेर नेपालीको आय डलरमा पु¥याउने वताएका छन । पार्टीको एकता नजिकिदै भएको भन्दै नेता सुवेदीले राजनीति नयाँ शिराबाट अगाडि बढेको वताए ।
काँग्रेसले लोकतान्त्रका कुरा ओकल्ने अधिकार नभएको भन्दै कम्यूनिष्टलाई अधिनायकवादी भन्नु काँग्रेसको पतन भएको जिकिर गरे । उनले वाम गठबन्धनको घोषणा पत्रमा देश र जनताको पक्षमा विकास निर्माणका कुरा छ भने काँग्रेसको घोषणा पत्रमा वाम गठवन्धनलाई गाली बाहेक केहि नभएको वताए ।
वाम गठबन्धन जनताको सेवक भएकाले जनताको वास्तवमै सेवामुखि कार्य गर्नका लागि वाम गठवन्धनलाई जिताउन आग्रह गरे । गरिवीको रेखामुनि वस्न नपर्ने भन्दै अत्याधिक वहुमत दिए १० वर्ष भित्र गरिवी उन्मुलन गर्ने विश्वास दिलाए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads