Loading...
ब्लड क्यान्सर बाट पीडित सावित्री थापालाई मलेसियाबाट अाशिष परियार ' झिल्केकाे सहयोग


मलेसिया / बाग्लुङ जिल्ला काठेखोला गाउँ पालिका-२ भिमपोखरा कि  सावित्री थापा मगर ब्लड क्यान्सर भइ बिगत १ महिनादेखि भारतको  भारतीय आयु बिज्ञान स्थानमा उपचार गराईरहेकी छिन। उपचार गर्नको लागी धेरै समय १६ लाख भन्दा धेरै खर्च लाग्ने डाक्टर बताएका छन । सावित्री थापाको परिवा आर्थिक अवस्था अत्यन्तै नाजुक भएकालेे सावित्रीको उपचारकाे लागि आर्थिक संकलनमा सहयोग गरिदिन सम्पुर्ण नेपाली दाजु, दिदिबहिनीमा हार्दिक अनुरोध गरेकी छन । सामाजिक संजाल फेस्बुकको माध्यमबाट धेरैलाई सहयोग जुटाउन सफल भएका आशिष परियारले बाग्लुङ जिल्ला काठेखोला गाउँ पालिका-२ भिमपोखरा कि  सावित्री थापा मगरलाई  उपचार को लागी मलेशिया बाट रू सन्ताउन्न हजार दुई सय रुपैयाँ  ५७,२०० ।  सहयोग संकलन गरेर नेपाल पठाएको   इरुप्से ड्ट्कम लाई बताए । 


सावित्रीको परिवारको  आर्थिक अवस्था नाजुक रहेको थाहा पाए पछि सहयोग संकलन सुरु गरेको थिए । अहिलेसम्म मैले धेरैजनालाई सामाजिक संजालको माध्यमबाट सहयोग संकलन गर्ने गरेको छु । बैनी सावित्रीको लागि पनि जति सके त्यति संकलन गरेर पठाएको हो । अहिलेसम्म सबै जनाले सहयोग गर्नु भएको छ । 


प्रदेशकाे पिडासँगसँगै अाफ्नाे गाँस काटेर सहयोगी सम्पूर्ण साथीहरुलाई धन्यवाद दिदै आउँदा दिनमा पनि  यसरी नै खुसिले दिन पुगाेस भन्दै सहयोगको अपेक्षा गरे । आशिषले देश बिदेश मा रहनु हुने दाजु भाइ दिदी बैनि साथी संगीहरुलाई पनि सहयोग गरिदिनु हुन को लागी हार्दिक अनुरोध गरे तपाई हाम्रो सानो सहयोग बैनिले जिवनदान पाउनेछिन । सदा मेरो अभियानमा सहयोग गर्नु हुने सम्पुर्ण सहयोगीहरुमा धन्यवाद व्यक्त गर्दछु । साथै यहाँहरुले सहयोग गर्न चाहानु हुन्छ भने नेपालमा पीडितको आफन्तलाई पनि सम्पर्क गर्न सक्नु हुनेछ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads