Loading...
लगनखेलमा बम विस्फोट (फोटोफिचर)


निर्वाचन बिथोल्ने नाममा विभिन्न जिल्लामा केही दिनदेखि बम विस्फोट गराउने काम भइरहेकामा मंगलबार ललितपुरको लगनखेलमै विस्फोट भएको हो ।आक्रमणकारी समूहले एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई लक्षित गर्दै लगनखेलको बसपार्कनजिक रहेको नमूना मच्छिन्द्र उच्चमाविमा दिउँसो १ बजेतिर बम विस्फोट गराएको हो । बम विस्फोटको जिम्मा भने कसैले लिएको छैन ।
वाम गठबन्धनको सभालाई एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्नुअघि विस्फोट भएको थियो । विद्यालयको पछाडिपट्टीको भवननजिक विस्फोट गराउँदा केही कक्षा कोठाका झ्यालका सिसा फुटेका छन् । विस्फोटपछि नेपाली सेनाको बम डिस्पोजल युनिटले सर्च अप्रेसन गरेको थियो । आजको नयाँ पत्रिकामा खवर छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads