Loading...
यू-१९ एसिया कप: नेपाल भारतसँग भिड्दै

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा हाल नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गरिरहेको छ । बायुमास रंगशालामा जारी खेलमा भारतले टस जितेर नेपाललाई व्याटिङको निम्ता दिएको छ ।
१० औ ओभरमा नेपालको दोस्रो विकेट गुमेको छ । अनिल शाह ६ रनमा आउट भएका छन् । कप्तान दिपेन्द्रसिंह ऐरी व्याटिङमा आएका छन् । नेपालको स्कोर २८ रहेको छ ।
एसीसी यू-१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन्। शनिबार बंगलादेशसँग नेपाल २ विकेटले पराजित भएको थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads