Loading...
राप्रपाको घोषणापत्र : राजतन्त्र र हिन्दुराज्य फर्काउने (पूर्णपाठसहित)

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले ‘राजासहितको प्रजातन्त्र’लाई घोषणापत्रमा समेटेको छ । मंगलवार राप्रपाले ललितपुरस्थित हिमालय होटलमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
राप्रपाको घोषणापत्रमा लेखिएको छ ‘राष्ट्रियता, सनातन धर्म, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, असंलग्न परराष्ट्र नीति र सामाजिक न्याय तथा समावेशी सिद्धान्तलाई पार्टीको वैचारिक आधारस्तम्भका रूपमा आत्मसात गरिएको छ ।’ ‘राप्रपाले सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र पुर्स्थापना गर्ने एजेण्डलाई प्राथमिकता दिएको छ। ‘हामी सबै धर्मका बीचमा समानता र पूर्ण धार्मिक स्वतन्त्रता सहितको नेपाली पहिचानको रुपमा सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनर्स्थापना गर्छौं ।’यो समाचार खबरडबलीले लेखेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads