Loading...
भारतको एकाधिकारी तोडिदै, चीनलाई प्रसारण लाइन निर्माणको प्रस्ताव

तिब्बतको केरुङ हुँदै नेपालको रसुवागढी जोड्ने अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न प्राविधिक रुपमा उपयुक्त भएको प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाउने तयारी ऊर्जा मन्त्रालयले गरेको छ ।











नेपाल विद्युत्त प्राधिकरणले उक्त क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्राविधिक रिपोर्ट ऊर्जा मन्त्रालयमा बुझाइएको थियो ।
‘रसुवागढी हुँदै चीनसँग जोड्ने अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न प्राविधिक रुपमा उपयुक्त भएको प्रस्ताव चीन सरकारलाई परराष्ट्र मन्त्रालयमार्फत पठाउने तयारीमा छौं’, ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले नागरिकसँग भने , ‘प्राधिकरणको उच्चस्तरीय टोलीले स्थलगत अध्ययनपछि ऊर्जा मन्त्रालयमा बुझाएको रिपोर्ट आधारमा चीन सरकारलाई प्रस्ताव पठाउन लागेका हौं ।’
बिजुली आयात तथा निर्यात भारततर्फ मात्र हुने गरेकोमा त्यसको विकल्पका रुपमा चीनतर्फको प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिन थालिएको हो ।
नागरिक दैनिकबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads