Loading...
तीब्बत-नेपाल प्रसारणलाइन सम्भव, चीनलाई प्रस्ताव पठाउँदै सरकार

काठमाडाैं । तीब्बतको केरुङ हुँदै नेपालको रसुवागढी जोड्ने अन्तरदेशीय प्रसारण लाइन गर्न प्राविधिकरुपमा उपयुक्त देखिएको छ। नेपाल विद्युत प्राधिकरणले गरेको स्थलगत अध्ययनबाट प्राविधिकरुपमा सम्भव देखिएको हो । प्राधिकरणको उक्त अध्ययनपछि पराराष्ट्रमार्फत चीन सरकारलाई पठाउने तयारी उर्जा मन्त्रालयले गरेको छ ।
आजको नागरिकमा खबर छ-बिजुलीको आयात तथा निर्यात भारततर्फमात्र हुने गरेकोमा त्यसको बिकल्पको रुपमा चीनतर्फको प्रसारण लाइन निर्माण सरकारको प्राथमिकतामा परेको छ। तर यसको लागत भने एकिन भएको छैन।
चिनियाँ पक्षसँग सन् २०२० सम्म २ हजार मेगावाट बिजुली बढी हुने भएकोले उत्तः बिजुली नेपालमा ल्याउने योजना अनुसार प्रासारण लाइनमा नेपालले जोड दिँदै आएको छ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads