Loading...
प्रबासी नेपाली मञ्च, जनप्रगतिशिल मञ्च ओमन द्वारा वाम गठबन्धनको स्वागत सहित संयुक्त प्रेस विज्ञप्ति जारी



नेकपा एमाले र माओवादी केन्द्र निकट प्रवासी भातृ संगठनहरु प्रबासी नेपाली मञ्च ओमन र जनप्रगतिशिल मञ्च ओमनले नेपालमा भएको वाम गठबन्धनको स्वागत गरेका छन । दुई संगठनले संयुक्त बिज्ञप्ती जारी गर्दै वाम गठबन्दन को स्वागत गरेका छन् । उनीहरुले राजनैतिक स्थायित्वका साथै बैदेशिक हस्तक्षेपलाई निरुत्साहित गर्नको लागि नेपालमा कम्युनिस्ट पार्टीहरुको एकता अपरिहार्य रहेकोमा जोड दिए ।
प्रबासी नेपाली मञ्च ओमान का अध्यक्ष गगन कार्की र जनप्रगतिशिल मञ्च ओमान का कार्यबाहक अध्यक्ष हेम आचार्य द्वारा हस्ताक्षरित संयुक्त बिज्ञप्तीमा पार्टी एकता गर्ने उद्देस्य सहित भएको वाम गठबन्दन प्रकृयाले नेपाली जनतामा खुसियाली छाएको र राष्ट्रलाई समाजबादको दिशामा डोर्याउने विश्वाश लिएको जनाईएको छ । साथै बिज्ञप्तीमा भनएको छ वाम गठबन्धनका उम्मेद्वारहरुलाई मतदान गरी संघियसभा र प्रदेशसभामा बहुमतले बिजयी गराउन अपिल समेत गरिएको छ ।

संयुक्त प्रेस विज्ञप्ती

धर्म निरपेक्ष सहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले निर्माण गरेको नया संविधानलाई पूर्ण कार्यानवयन गर्दै स्वाभिमान सहितको समृध्द नया नेपाल बनाउन अनि यसको निम्ति स्थायी सरकार, स्थायी शान्ती तथा एकताको लागि र मुलकलाई समाजवाद तिर लैजान २०७४ असोज १६ गते नेकपा एमाले र नेकपा माओबादि केन्द्र लगाएतका केही साना कम्यूनिष्ट विचार बोकेका दलहरू बीच चुनावी तालमेल र पछि गएर पार्टी नै एक हुने गरि गरिएको निर्णय प्रति नेकपा एमाले निकट प्रवास संगठन प्रवासी नेपाली मञ्च ओमान र नेकपा माओबादि केन्द्र निकटका प्रवास संगठन जन प्रगतीशिल मञ्च ओमानले हार्दिक स्वागत तथा समर्थन गर्दै मंसिर १० र २१ गते हुन गई रहेको प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनमा बाम गठवन्धनका उम्मेदवारहरूलाई अत्याधिक मत ल्याएर जिताउन संयुक्त रूपमा प्रचार प्रसारमा जुट्ने निर्णय गर्दछ । श्रमजिवी वर्ग, विपन्न, महिला, दलित, आदीवासी जनजाती, मधेसी, मुस्लिम तथा हरेक पछाडी पारिएका समुदायहरूको हक हितको रक्षा गर्न । मानव अधिकारको सम्मान तथा पूर्ण पालना गर्न । स्वदेसमै प्रशस्त रोजगारको व्यवस्था गर्न अर्थात प्रवासी श्रमिकले आर्जन गरेको सिप पुंजी ज्ञान र अनुभव अधिकतम उपगोग गर्ने योजना सहित अगाडी बढ्ने छ र कामको लागि मुलुक र परिवार छाड्नु नपर्ने गरि सुखी र खुशी नेपालीका लागि अगाडी बढ्ने छ, बैदेशिक रोजगार अनिवार्य नभएर ऐच्छिक हुने अबस्थाको सिर्जना गराउन र प्रवासी नेपालीहरूबाट आर्थिक संकलन गरि जलविद्युत तथा उद्योग कल कारखानामा लगानी अर्थात समग्रमा भन्नु पर्दा मुलुक समुन्नत तिर लाँदै समाजवादको लक्ष्य हासिल गर्नको निम्ती यस वाम एकताले महत्वपूर्ण भुमिका खेल्ने छ भन्ने विस्वासका साथ संयुक्त रूपमा यो प्रेस विज्ञप्ती जारी गरिएको सबैलाई सहर्ष जानकारी गराउँदछौ । धन्यवाद ।
बाम एकता जिन्दावाद !
नेकपा एमाले जिन्दावाद !
नेकपा माओबादि केन्द्र जिन्दावाद !

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads