Loading...
स्वेदश तथा विदेशबाट प्रचण्ड परिवारलाई समवेदना व्यक्त

काठमाडौं । हृदयघातबाट सुपुत्र प्रकाश दाहाल गुमाएका पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादी केन्द्रका सल्लाहकार सीता दाहाल लगायत परिवारलाई चीन, भारत, राष्ट्र संघ लगायतका विभिन्न देश, कुटनीतिक नियोगका प्रतिनिधिहरुले समवेदना प्रकट गरेका छन ।
आइतबार बिहान माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका एक मात्र सुपुत्र प्रकाश दाहालको निधन भएपछि दिउँसो नेपालमा रहेको चीनियाँ दुताबासले अध्यक्ष प्रचण्डलाई समवेदना प्रकट गरेको थियो । समवेदनामा चीनले सुपुत्र दाहालको निधनले चीन मर्माहत भएको बताउँदै प्रचण्डको पीडामा चीन साथमा रहेको उल्लेख गरिएको छ । सोमबार बिहान नेपालका लागि चीनियाँ राजदूत यु होङ्ले अध्यक्ष प्रचण्डलाई भेटी समवेदना प्रकट गरे ।
आइतबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजले टेलिफोन गरी अध्यक्ष प्रचण्ड र परिवारमा समवेदना प्रकट गरे । उनले नेपालले एउटा होनाहार युवा नेता र प्रचण्ड परिवारले कर्मठ छोरो गुमाएकोमा शोक व्यक्त गरे । लगत्तै नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी पेरिसडाँडा पुगी अध्यक्षलाई समवेदना प्रकट गरे ।
त्यसैगरी संयुक्त राष्ट्र संघको आवासीय कार्यालयबाट अध्यक्ष प्रचण्डलाई समवेदना प्रकट गरिएको छ । भलेरि जुलिण्डले पठाएको समवेदना पत्रमा प्रकाश दाहालको अल्पायू र अकल्पनीय निधनले संयुक्त राष्ट्र संघ मर्माहत भएको उल्लेख गरिएको छ ।
सोमबार नै रुसी दूताबासबाट अध्यक्ष प्रचण्डलाई समवेदना प्रकट गर्दै राजदूत एन्ड्री बुडनिकले अध्यक्ष प्रचण्डका छोरा तथा युवा नेता प्रकाश दाहालको आकस्मिक निधनले आफू स्तव्ध भएको उल्लेख छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads