Loading...
आफ्नो दुनो सोझ्याउनेहरु वाम एकताबाट अत्तालिए : महरा

बाँके । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले वाम गठबन्धनपछि जनताका दुस्मन र देश तहसनहस पार्न खोज्नेहरु वाम एकताबाट अत्तालिएको बताएका छन् ।
वाम गठबन्धनले संयुक्त रुपमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले मुलुकलाई सँधै अस्थिर बनाएर आफ्नो दुनो सोझ्याउने देशहरु वाम एकताबाट अत्तालिएको जिकिर गरे ।
निर्वाचनपछि वामपन्थी दलको सरकार बन्ने र यसले मुलुकमा अस्थिरता र अराजकता अन्त्य हुने भन्दै उनले विदेशी शक्तिले वाम गठनबन्धनलाई फुटाउन प्रयास गरे पनि त्यो सम्भव नहुन उनले दाबी गरे । ‘अब जनताको चाहनालाई कसैले चाहेर पनि रोक्न सक्कैन,’ महराले भने, ‘वाम गठबन्धन जनताको चाहाना हो ।’
वाम गठबन्धन कुनै निश्चित ब्यक्ति र स्वार्थका लागि नभएको भन्दै अहिलेको गठबन्धन सिंगो देश विकास र हितका लागि भएको उनले बताए?
खबरडबली बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads