Loading...
केकी र नाजिरको ‘चिप्पक चिप्पक’ गीत (भिडियोसहित)

राज्जा रानि’को पहिलो गीत रिलिज भएको को छ । यो फिल्मको ‘चिप्पक चिप्पक’ बोलको गीत रिलिज भएको हो । यो फिल्मको यो गीतलार्इ नरहरी प्रेमी र सुमिना लो ले स्वरबद्ध गरेका छन् । दिपक शर्माको संगीत र राजेन्द्र थापाको शब्द रहेको गीतमा नाजिर र केकिको मज्जाले जमेको छ भने दुबै जनाले मजाले कम्मर मर्काएका छन।
रमेश एमके पौडेलको प्रोडक्सन हाउसबाट निर्मित यो फिल्मलाई याम थापाले निर्देशन गरेका हुन् । फिल्मको कथा निर्देशक थापा आफैले लेखेका हुन् । यस फिल्मका निर्माता रमेश एमके पौडेल हुन् ।
फिल्ममा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको अभिनय छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads