Loading...
नेपाल एयरलाइन्सको विमान दुर्घटनाबाट जोगियो

काठमाडाैं । भैैरहवास्थित गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलायन्सको विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । सोमवार दिउँसो अवतरण गर्ने क्रममा पछिल्लो टायर पन्चर भएपछि विमान दुर्घटनामा परेपनि कुनै मानवीय क्षति भने भएन । एयरलायन्सको ९ एकेएस विमानमा दुई जना चालक मात्रै रहेको बताएको छ। अाजको अन्नपूर्णमा खबर छ-टायर पन्चर भएपनि जहाज रनवेभन्दा बाहिर नपुगेको विमानस्थलले जनाएको छ । ‘थोरै रनवे छाडेको छ, अरु कुनै ठूलो क्षति भएको छैन’ विमानस्थलका सिसेल चित्रकारले भने ।
दुर्घटना भएको विमान नहटाउन्जेल विमानस्थल बन्द गरिएको छ । अहिले नै टायर लगेर मर्मत पछि काठमाडाै ल्याउने वायुसेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए ।
भैरहवा विमानस्थलमा यसअघि यति एयरलाइन्सको विमान टायर नखुलेका कारण दुर्घटनामा परेको थियो । बिमानस्थल अवरुद्ध भएपछि उडान भर्ने तयारीमा रहेका यात्रुहरु बिमानस्थलमै रोकिएका छन् । भैरहवाबाट दैनिक ६ दखि ११ वटासम्म उडान हुने गरेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads