Loading...
फेरि नारायणकाजी श्रेष्ठ चढेको गाडीमा बम बिस्फोट

फाइल फोटो
गोरखा । गोरखा नगरपालिका १० को सिर्भी खोला नजिकै वाम गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार नारायणकाजी श्रेष्ठ चढेको गाडी लक्षित गर्दै माइन बम बिष्फोट भएको छ । बम बिष्फोटले कुनै क्षति भने भएको छैन ।
वाम गठबन्धनको चुनावी प्रचारमा हिंडेका एमाले नेता विकलकुमार श्रेष्ठले बताए अनुसार बाह्र किलोमा गठबन्धनको वैठकमा सहभागी भएर फर्किने क्रममा बिष्फोट भएको हो ।
उक्त बेला वाम गठबन्धनका तर्फबाट गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार श्रेष्ठ र प्रदेश सभाकी उम्मेदवार कमला नहर्की सँगै थिए।
गोरखाका प्रहरी उपरीक्षक प्रकाश अधिकारीले आफू घटनास्थल जाँदै गरेको बताए ।
खबरडबली बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads