Loading...
माओवादी नेता वर्षमान पुनमाथि अज्ञात समूह द्वारा गोलि प्रहार

रोल्पा । चुनावी प्रचार अभियानका क्रममा रहेका माओवादी नेता एवं रोल्पाका प्रतिनिधिसभा उम्मेदवार वर्षमान पुनको टोलीमाथि आइतबार अज्ञात समूहले गोली चलाएर अवरोध पुर्‍याइएको छ ।
रोल्पाको इरिबाङ गाउँ पुगेका पुनको टोलीलाई लक्षित गरेर आइतबार बिहान साढे ११ बजेतिर ९ राउन्ड गोली चलेको हो । पुनको सुरक्षार्थ साथैमा रहेको प्रहरीले पनि ५ राउन्ड गोली चलाएका थिए । स्थानीयका अनुसार केवरी गाउँ पुग्ने बाटोमाथिको जंगलबाट बन्दुक पड्काइएको आवाज सुनिएको हो ।
पुन सवार गाडीमाथि शनिबार मध्याह्नमा माडी–१ को भिताबाङ गाउँ नजिकै पेदीखोलामा एम्बुस राखिएको थियो ।
खबरडबली बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads