Loading...
पाकिस्तानी सुपर लिगको अक्सनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने पर्न सफल

काठमाडौ । नेपालका चर्चित युवा लेग स्पिनर सन्दिप लामिछाने पाकिस्तानमा हुने पाकिस्तानी सुपर लिग (PSL) को अक्सनका लागि छनौटमा परेका छ्न । सन्दीप संगै एसोसेट राष्ट्रका १८ जना पाकिस्तानी सुपर लिगको अक्सनमा पर्न सफल भएका छ्न ।
लिगमा नेपालका तर्फबाट लेग स्पिनर सन्दीप लामिछाने अक्सनमा परेका एकमात्र खेलाडी हुन भने अफगानिस्तानका ९ जना खेलाडी परेका छ्न भने आयरल्यान्डका ७ जना खेलाडी पर्न सफल भएका छन् । प्रतियोगिता नोभेम्बर १२ बाट संचालन हुनेछ ।
उत्कृष्ट फममा रहेका सन्दीप अहिले बिश्व क्रिकेटमा छाईरहेका छ्न सन्दीपलाई अक्सनमा पाकिस्तानको कुनै क्लबले खरिद गरेमा पाकिस्तानी सुपर लिग २०१७ मा खेल्ने मौका पाउने छ्न । लामिछाने अहिले यु-१९ एसिया कप खेल्न मलेसियामा रहेका छ्न ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads