Loading...
कम्युनिष्ट एकता चुनाव जित्नका लागि मात्रै होइन, नेपालमा राजनीतिक स्थिरता, विकास र समृद्धिको लागी : प्रचण्ड

पुष्पकमल दाहाल ‘प्रचण्ड’
चितवन। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कम्युनिष्ट एकतापछि नेपालमा विकास रेल ईन्जिनको गतिमा अघि बढ्ने बताएका छन ।
आइतबार चितवनको माडीमा आयोजित कोण सभामा बोल्दै प्रचण्डले भने, “कम्युनिष्ट एकता चुनाव जित्नका लागि मात्रै होइन, नेपालमा राजनीतिक स्थिरता, विकास र समृद्धिलाई गति दिन हो।
चुनावपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन्छ। नेपालमा एउटै कम्युनिष्ट केन्द्र बन्छ । त्यसपछि नेपालको विकास र समृद्धिको यात्रा रेल ईन्जिनको गतिमा अघि बढ्छ।”
“जसले पैसाले भोट खरिद गर्छ, त्यसले जनतालाई भेडा बाख्रा ठान्छ, सामन्तहरु जनतालाई मान्छे नै ठान्दैनन्” कार्यक्रममा प्रचण्डले भने, “जनतालाई पैसामा किन्न खोज्नेहरुले के जनताका समस्या बुझ्छन् ? के एकदिन मासुभात खाएर तपाईं हाम्रो जीवन चल्छ ? के २/ ३ हजार पैसाले तपाईं हाम्रो भविष्य बन्छ ? देशमा विकास र समृद्धि हुन्छ त ? त्यसैले आफ्नो र अर्को चिनौं।
जसले जिन्दगिभर जनता ठग्यो, लुट्यो र ठेक्कापट्टालाई विकास भनेर भजाएर खायो, त्यस्ताबाट सचेत हुनुस्। २/४ पैसाको लोभमा आफ्नै खुट्टामा बञ्चरो नहान्नुस्।”

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads