Loading...
हेभिवेट’ नेताहरूको सामाजिक संजालमा घिनलाग्दो भिडन्त !


  दुई हेभिवेटका नेता बिमलेन्द्र निधी र राजेन्द्र महतोबीचको चुनावी भिन्डत समाजिक सञ्जाल फेसबुकमा पनि देखिएको छ । अहिले उक्त निर्वाचन क्षेत्रको चर्चा चिया पसल वा सुत्ने कोठामा मात्र नभई समाजिक सञ्जाल फेसबुकमा समेत पक्ष र विपक्षमा टिका टिप्पणी गर्नेको संख्या धेरै छ ।
दुबैका सर्मथकहरुले फेसबुकमा आफ्ना नेताको प्रसंसा र अर्कालाई आलोचना गर्ने गर्नेहरुको जमात बढ्दै गएको छ । कतिपयले फेसबुकमैत निधि र महतोमध्ये कसले जित्ने भन्ने मत सर्वेक्षण समेत गर्ने गरेका छन् । यी दुई नेताका समर्थकहरुको क्रियाकलापले फेसबुक पेज चुनावी मैदान बनेको छ । उम्मेदवारहरुले स्वय्म फेसबुकबाटै मतदाता रिझाउन विभिन्न प्रकारका समाग्री पोस्ट गर्ने गरेका छन् ।
उम्मेदवारी दिएकै दिन काँग्रेस नेता निधीले ‘मिथिलाको राजधानी जनकपुर मेरो घर हो भन्दै १ सय ६ शब्दको स्टेट्श फेसबुक पोस्ट गरेका छन् । उक्त पोस्टमा उनी लेख्छन् – ‘यहाँ मैले बामे सर्न सिके, पढे हुर्किए । मेरो राजनीति धनुषाबाट सुरू भएर राष्ट्रीय भयो । राजनीतिक यात्राको सहयात्री बनेको धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि आज विधिवत उम्मेदवारी दर्ता गरेको छु । मेरो उम्मेदवारी विकास, अधिकार र आत्मसम्मानका लागि रहेको आम मतदातालाई अवगत नै छ ।’
अहिले समाजवादको नारा दिएर साम्यवाद लादने र आम जनताका नैसर्गिक अधिकार कुण्ठित गरेर जनतालाई दास बनाउने षड्यन्त्र विरूद्ध सचेत रहन सबैमा आग्रह गर्दै उनी अगाडी लेख्छन्,‘–समाजवाद श्रदेय विपीको सपना र सोच हो । यसका लागि नेपाली कांग्रेस अनवरत लडिरहेको छ । अब समाजवादका नाममा साम्यबाद विरूद्ध यहाँहरूको साथ र सहयोगका लागि आग्रह गर्दछु ।’ यसरीे समाजिक सञ्जाल फेसबुक मार्फत नेता निधीले मतदाता रिझाउने प्रयास गरिरहेका छन् ।
उता राजेन्द्र महतोले उम्मेदवारी दिएपछि आफ्ना फेसबुक पेजमा केहि नलेखि एक डिस टेलिभिजनमा दिएको अन्तर्वतालाई पोस्ट गरेका छन् । तर उनका समर्थक र कार्यकर्ताले समाजिक सञ्जालमा उनलाई मधेशको रक्षक भन्नेर पोस्ट गरिरहेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads