Loading...
बम बिस्फोट गर्नेले सिधै गोली हान्ने

गृह मन्त्रालयले बम विस्फोटका घटनामा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ । चुनावलाई लक्षित गरी बम विस्फोटका घटना वढ्दै गएपछि गृहले यस्तो निर्देशन दिएको छ।
‘बम विस्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न र विस्फोट गराउँदै गरेको वा विस्फोटक पदार्थ बोकेर हिँडेको पाइए सीधै गोली हान्नेसमेत आदेश दिइएको छ,’ गृह स्रोतले भन्यो। तर, गृहको विज्ञप्तिमा भने गोली हान्ने आदेश दिइएको छैन।
रौतहटको चन्द्रनिगाहपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा अज्ञात समूहले गराएको बम विस्फोटबाट शनिबार एक बालकसहित ६ जना घाइते भएका छन्।
सरकारी अस्पतालनजिक रहेको राधाकृष्ण मन्दिरमा हुन लागेको एमाले र माओवादी केन्द्रको संयुक्त सभालाई लक्षित गरी बम विस्फोट गराइएको हो।
त्यस्तै तनहुँमा पनि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडललाई लक्षित गरी बम विस्फोट गराइएकोा छ। बिस्फोटबाट नेता पौडेलको गाडीमा क्षति पुगेको छ।
नयाँ पत्रिकाबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads