Loading...
टिभी हेर्दा मुटु रोगदेखि नसाको समस्यासम्म

साँझ-बिहान फुर्सद भयो कि, टिभीको रिमोट समाइहाल्ने हाम्रो प्रवृत्ति छ । फुर्सदमा मात्र कहाँ ? काम थाँती राखेर समेत हामी टिभीमा एकोहोरिन्छौ । खासगरी गृहणी र बालबालिकामा यस्तो प्रवृत्ति देखिन्छ ।

टेलिभिजन हेर्नुपर्छ । यसबाट सूचना प्राप्त हुन्छ । जानकारी प्राप्त हुन्छ । अझ बढी त मनोरञ्जन हुन्छ । त्यसैले मनोरञ्जनका लागि हामी टेलिभिजन हेर्छौ । यद्यपी टेलिभिजनमै लत बस्नु भनेको खराब हो । खराब यसकारण कि, यसले समय मात्र वर्वाद बनाउँदैन, स्वास्थ्यमा पनि प्रतिकुल असर पर्छ ।
खासगरी अहिलेका बालबालिका कार्टुनमा घन्टौं भुलिइरहेका हुन्छन् । अभिभावकले पनि उनीहरुलाई टेलिभिजन हेर्ने छुट दिन्छन्, ताकि बच्चा त्यसमै भुलियोस् । अर्थात आफुले खेलाउन नपरोस् । वा घर फोहोर नबनाओस् । तर, हाम्रो यो क्षणिक सहुलियतले बच्चाको स्वास्थ्यमा दिर्घकालिन असर पुर्‍याउन सक्छ ।
के हुन्छ टिभी हेर्दा ?
लगातार टिभी हेर्दा के हुन्छ त ? यसको अनेकौ बेफाइदा छन् ।
१. लामो समय एउटै पोजिसनमा बसिन्छ, जसले रक्तप्रवाह राम्ररी हुन पाउँदैन ।
२. शरीर निस्किय हुन्छ ।
३. टिभी हेरिरहेको बखत स्न्याक्स लगायत खानेकुरा चपाइरहने बानी हुन्छ, जसले ओभरडाइटिङको समस्या हुन्छ ।
४. टेलिभिजनको प्रकाशले आँखाको ज्योतिमा आसर पुग्छ ।
५. अल्छीपन बढ्छ ।
तर, समस्या यतिमा मात्र सीमित छैन । यी त सरसर्ती हेर्दा देखिने समस्या हुन् । यो भन्दा जटिल छ टेलिभिजन लगातार हेर्नुको बेफाइदा ।
हातगोडादेखि मुटुसम्ममा समस्या
अध्यनहरुले देखाएका छन् कि धेरै टिभी हेर्दा हात, गोडा र फोक्सोको नशामा ब्लड क्लोटिङको समस्या हून्छ जसलाई भिनस थ्रोम्बोइम्बोलिज्म भनिन्छ । यसका अलावा लामो समयसम्म टिभी हेर्दा मुटुसम्वन्धी रोगको पनि सम्भावना बढ्छ ।
अमेरिकाको वरमोन्ट यूनिभर्सिटीका मेरी कुशमेनका अनुसार टिभी हेर्नुमा कुनै खराबी छैन तर टिभी हेर्दै गर्दा तपाईं अत्यधिक मात्रामा स्न्याक्स खाइन्छ, जसले स्वास्थ्यलाई राम्रो गर्दैन ।
के भन्छ सर्वेक्षण ?
हालै ४५ देखि ६४ वर्ष उमेर समुहका १५ हजार एक सय ५८ मानिसहरुमा सर्भेक्षण गरिएको थियो, जसमा टिभी धेरै हेर्नेहरुमा नहेर्नेको तुलनामा हेर्नेमा भिनस थ्रोम्बोइम्बोलिज्मको सम्भावना १७ गुणा बढि हुन्छ ।
कसरी बच्ने त ?
लगतार टेलिभिजन हेर्ने लत लागेको छ भने त्यसबाट छुटकारा पाउनु नै राम्रो हो । साथसाथै यसबाट शरीरलाई हुने प्रत्यक्ष असर कम गर्न केहि घरेलु विधी पनि अपनाउन सकिन्छ ।
१ं. दालचिनीः दालचिनीकोउ सेवनले रक्तनलीमा हुने ब्लड क्लोटिङ रोक्न सहयोग पुग्छ । त्यसैले आफ्नो डाइटमा दालचिनी समावेश गर्नुस ।
२. बेसारः बेसार आफ्नो एन्टी-इन्फ्लामेट्री गुण तथा रगतलाई पातलो गर्नका लागि चिनिन्छ । दैनिक आफ्नो डाइटमा बेसार प्रयोग गर्दा ब्लड क्लटिङ रोक्न सहयोग मिल्छ ।
३.पुदीनाः पुदीनामा भिटामिन के अधिक मात्रामा हुने कारणले यो ब्लड क्लट रोक्नका लागि सहायक हुन्छ । पुदीनाले केवल रगतको प्रवाह मात्र बढाउँदैन, बल्कि यसले मुटुलाई पनि स्वस्थ राख्छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads