Loading...
समाजवादी सत्ताको मोडेल रकुमबाट सूरु हुन्छ: जनार्दन शर्मा

काठमाडौ । नेकपा माओवादी केन्द्का नेता एवं प्रतिनिधि सभा पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा प्रभाकरले समाजवादी सत्ताको मोडेल आफुले रकुमबाट सूरु गर्ने बताएका छन् ।
सकृद्ध रुकुमकालागि वाम गठबन्धनले जित्नुपर्ने भन्दै प्रभाकरले चुनावी आश्वासन बाँड्न गाँउ नपसेको जनताको समृद्धिको सपना पुरा गर्ने संकल्प गर्न आएको बताए । पश्चिम रुकुमको चौरजहारी नगरपालिका खोलागाउमा भएको चुनावी सभालाई सम्वोधन गर्दै उनले रुकुमलाई आधुनिक विकास र समृद्धिको मोडेल बनाउन सम्भव भएको बताए । ‘रुकुम संसारका मुक्तिकामी श्रमजीवी जनताको आस्थाको केन्द्र हो ।’ प्रभाकरले भने, ‘यसलाई समाजवादी सत्ताको मोडेलका रुपमा रुकुमलाई विकास गर्ने मेरो सपना छ ।’
उनले निर्वाचन पछि राज्यको तिन वटै तहमा वामपन्थीहको सरकार बन्ने दाबी गरे । अब युद्धस्तरमा मुलुकको विकास हुने उनको तर्क छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads