Loading...
चितवन कांग्रेसका स्थानीय नेता राजेन्द्रकुमार बिष्ट नेकपा माओवादी केन्द्रमा प्रवेश

चितवनको सौरहाका व्यवसायी एवं नेपाली कांग्रेसका स्थानीय नेता राजेन्द्रकुमार बिष्ट नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सोमबार दिउँसो भरतपुरमा आयोजित एक कार्यक्रममा बिष्ट माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । बिष्टलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।
पार्टी प्रवेशपछि बिष्टले राजनीतिक स्थीरता र समृद्धिको नेतृत्व गर्न नसकेकाले आफूले कांग्रेस परित्याग गरेको बताए ।
आइतबार मात्रै राप्रपा प्रजातान्त्रिकका सहसचिव अन्नद ढकालसहित एक सय बढी युवा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका वाम गठबन्धनका साझा उम्मेदवार प्रचण्ड यतिवेला चुनावी अभियानका क्रममा घरदैलो कार्यक्रममा व्यस्त छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads