Loading...
जनप्रगतिशीलमञ्च यूरोपले बालकृष्ण ढुंगेल पक्राउको बिरोध

काठमाडौं । नेपाली जनप्रगतिशीलमञ्च यूरोपले नेकपा माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्नु निन्दनीय कार्य रहेको भन्दै बिरोध जनाएको छ
मञ्चले एक विज्ञप्ति जारी गर्दै मुलुक संबिधान कार्यान्वयनकालागि प्रतिनिधि र प्रदेससभाको निर्बाचनमा होमिइसकेको अबस्थामा सरकारले माओबादी नेता ढुंगेललाई पक्राउ गर्नु चुनाबी प्रकृयालार्इ असर पार्ने षड्यन्त्र भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘जनताबाट जनताका लागी संबिधान बनाउने महान अभियान, संघिय गणतान्त्रिक नेपाल बनाउने महान अभियान,संघिय मुलुक , धर्म निरपेक्षता, पहुँचाने र सार्बभौमिकताका योद्धा माथी मुलुकको संक्रमणकालिन समयमा बिभिन्न मुद्दा या अन्य कुनै बहानामा पक्राउ गर्नु या आरोपित गर्नु निन्दनीय कार्य हो र उक्त कार्यको घोर भर्त्सना गर्दछौ’ ।
द्दन्दकालका गम्भीर प्रकृतिका घटनाहरुको सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत टुंग्याउने बृहत शान्ति सम्झौताको मर्म र भावनाको गम्भीर उल्लंघन भएको मञ्चले जनाएको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads