Loading...
वामपन्थीको सरकार अनि ढुक्कले विकास निर्माण : जर्नादन शर्मा

काठमाडौं, कात्तिक २२ ।  माओवादी केन्द्रका जर्नादन शर्मा  नेता प्रभाकरले आफुलाई काम भारी वोकाउन आव्हान गरेका छन्।
अवको ५ वर्षभित्र आफुले गर्नुपर्ने कामको लागि आफु सुझाव माग्न आएको वताउँदै उनले निर्वाचन जित्नु ठुलो कुरा नभएको बरु मुलुकको विकास र जनताको जिवनस्तरमा परिवर्तन ल्याउनु आफनो प्रमुख प्राथमिकता भएको बताए ।
एकता संयोजन समिति पश्चिम रुकुमका प्रमुख नेता तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला ईन्चार्ज राजकुमार शर्माले कम्युनिष्टले भन्ने समाजवाद र काँग्रेसले भन्ने समाजवाद एउटै नभएको वताए । आफुहरुले क्षमता अनुसारको काम, आवश्यकता अनुसारको माम भएको वैज्ञानिक समाजवाद स्थापना गर्न चाहेको वताए ।
काँग्रेसले समाजवादको नाममा हुने, खाने र सक्नेहरुको हाली मुहाली हुने शासनसत्ताको वकालत गरिरहेको प्रष्ट पारे । जिल्ला समन्वय समिति रुकुमका प्रमुख समेत रहेका शर्माले सामाजिक न्याय सहितको समाजवाद स्थापना वामगठवन्धनको वटमलाईन भएको वताए।
कार्यक्रमलाई सम्वोधन गर्दै एकता संयोजन समिति पश्चिम रुकुमका अर्का प्रमुख नेता तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य शेरवहादुर केसीले प्रतिक्रियावादी शक्तिहरुको वामएकता भाड्न गरेको षडयन्त्र असफल भएको वताए । पार्टी एकताका लागि समायोजन समितिहरु वडा तहमा समेत कृयाशिल भैसकेको भन्दै उनले दुनियाँको कुनै शक्तिले एकता प्रक्रियालाई भाँडन नसक्ने वताए ।
गठवन्धनका उम्मेद्धारहरु आफनो पार्टीका पनि उम्मेद्धार भएको वताउँदै एमाले केन्द्रीय सदस्य केसीले पार्टीमा आवद्ध सवैले माओवादी) केन्द्रका उम्मेद्धारलाई मतदान गर्नुपर्ने वताए । ‘प्रत्यक्ष तर्फ रुकुममा माओवादी केन्द्रका उम्मेद्धारलाई विजयी गराउने पार्टीको निर्देशन हो यसमा कोही पनि एमाले हिच्किचाउनु पर्दैन’ नेता केसीले भने, ‘हिजोको तिक्तता राष्ट्रिय आवश्यकताको अगाडि ठुलो हुदैन’ ।
कार्यक्रममा प्रदेश सभा क्षेत्र नं. २ का उम्मेद्धार गोपाल शर्मा अनल, समानुपातिक उम्मेद्धार विमला केसी र देवि ओली लगायतले सम्वोधन गरेका  थिए । कार्यक्रममा ३ दर्जन वढी काँग्रेसआवद्ध नेता कार्यकर्ताले माओवादी केन्द्रमा प्रवेश समेत गरेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads