Loading...
३ करोडको घर किन्दै प्रधानमन्त्री पत्नी आरजु

काठमाडाैं । कैलाली क्षेत्र नम्बर ५ मा निर्वाचन लड्न लागेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवामाथि पर्यटक उम्मेदवारको आरोप लागेपछि उनले धनगढीमा घर किन्ने भएकी छिन् । बैना रकम दिएर किन्न लागेको घरमा उनी बस्नसमेत सुरु गरिसकेकी छिन् ।
आजको नागरिकमा खबर छ-उनले धनगढी ४ उत्ररबेहेडीमा रहेको शारदा हमलाको नाममा रहेको दुईतले सुविधासम्पन्न घर किन्न लागेकी हुन् ।
बुधबार संवाददाता समाचार संकलनका लागि पुग्दा उनी घरको बाहिर बसेर कार्याकर्तासंग कुरा गरिरहेकी थिईन् । ‘कुरा चलिरहेको छ, मिलेमा किन्छु’ उनले भनिन् । पर्यटक उम्मेद्वार भनेर विपक्षीले चर्काे नारा लगाएपछि मतदातालार्इ भड्किन नदिन उनले धनगढीमा घर किन्ने निर्णय गरेकी हुन् । ‘म २५ बर्षदेखि यहाँ अाइरहेको छु, म कसरी पर्यटक भएँ ? नियमित यहाँ बस्नका लागि घर मिन्ने तयारीमा छु’ उनले भनिन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads