Loading...
जनार्दन शर्मालाई ताकेर रुकुममा बम प्रहार

रुकुम । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई ताकेर रुकुममा बम प्रहार भएकाे छ ।
बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा र उनको प्रचार टोलीलाई लक्षित गरी रुकुमको चौरजहारी नगरपालिका–८, को गोइरीमा बम प्राहार भएकाे हाे । २ वटा बम प्रहार गरिएको माअाेवादी केन्द्र रूकुमले जनाएकाे छ । बम प्रहारबाट  मानवीय र भौतिक क्षति नभएको बताइएको छ । बम प्रहार गर्नेकाे खाेजीकार्य भैरहेकाे प्रहरीले बताएकाे छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads