Loading...
सुरुङ खनेर बैंक चोरी ?

मुम्बइमा एक बैंकमा चोरीका लागि चोरहरुले २५ फुट लामो सुरुङ खनेका छन् । बीबीसीका अनुसार चोरहरुले चार महिना लगाएर यो सुरुङ खनेका थिए  । 

प्रहरीले बीबीसीलाई बताए अनुसार नगर र गहना लुटिएको छ । प्रहरीले चोरले कति नगद र गरगहना लग्यो भन्ने हिसाव भइरहेको जनाएको छ । 

प्रहरीका अनुसार चोरले बैंक अफ बडौंदाको नजिकै एक स्थान भाडामा लिएका थिए ताकि सुरुङ खन्न सकियोस् । 

शनिवार राति बैंकमा डकैती भएको थियो र शंकास्पद व्यक्तिहरु फरार हरेका छन् । 

चोरहरुले महिनासम्म कसैको थाहा नपाउने गरि सुरुङ खन्ने काम कसरी गरे भन्ने कुरा पत्ता लागेको छैन । समाचारहरुका अनुसार यस बैक चोरीको शिकार बनेका खातावालहरुसँग कुराकानी गरेका छन् । 

बैंकका कर्मचारीलाई बैंकमा भएको चारी त्यतिबेला थाहा भएको थियो जब उनीहरुले शुक्रबार विहान बैंक खोलेका थिए । त्यस लगत्तै उनीहरुले प्रहरीलाई जानकारी गराएका थिए । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads