Loading...
माओवादी केन्द्रनिकट विद्यार्थी संगठनले विप्लवलाई दिए चेतावनी

नेकपा माओवादी केन्द्रनिकट युवा र विद्यार्थी संगठनले चुनाव प्रचारमा रहेका बेला आफ्ना नेताहरुलाई लक्षित गरी रोल्पा र रुकुममा भएका बम तथा गोली प्रहारका घटनाको निन्दा गरेका छन् ।
file photo
वाइसीएल अध्यक्ष रामप्रसाद सापकोटा र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सोमबार विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गरेका हुन् । नेत्रविक्रम चद विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले माओवादी केन्द्रका कार्यालय सदस्य तथा पूर्वअर्थमन्त्री वर्षमान पुनमाथि रोल्पामा बम र गोली तथा विनाविभागीय मन्त्री जनार्दन शर्मालाई लक्षित गरी रुकुममा बम विस्फोट गराएका थिए ।

सापकोटा र तामाङले घटनालाई निकृष्ट र कायरतापूर्ण कार्यको संज्ञा दिएका छन् । उनीहरुले बाम गठबन्धनबाट कायरतापूर्ण कार्यको संज्ञा दिएका छन् । उनीहरुले बाम गठवन्धनबाट तिल्मिलाएको सरकारले चुनाव बिथोल्न अनेक बहानावाजी खोजिरहेका बेला त्यसैलाई बल पुग्ने गरी भएको यो आफैंमा रहस्यमय भएको बताएका छन् ।
‘मुलुकमा समावेशी र समानुपातिक प्रतिनिधित्व सहितको संघीय गणतन्त्रको बहालीका लागि अतुलनीय भुमिका निर्वाह गरेका जनताका प्रिय नेताहरुको ज्यानै लिनेसम्मको मनसाय राखी गरिएको यो हर्कत हदैसम्म निन्दनीय छ’, विज्ञप्तिमा भनिएको छ, ‘बाम गठबन्धनबाट तिल्मिलाएको सरकारले चुनाव बिथोल्न अनेक बहानाबाजी खोजिरहेका बेला त्यसैलाई बल पुग्ने गरी भएको यो आफैंमा रहस्यमय छ ।’

जनवादी क्रान्तिका आधारभुत कार्यभार पूरा गरी बाम एकता गर्दै समाजवाद प्राप्तिको दिशामा सिङ्गो मुलुक एकाकार हुँदै गएको पृष्ठभूमिमा त्यसका प्रमुख अभियन्ताहरु मध्येका नेता माथि भएको यो आक्रमण अत्यन्तै पश्चगामी सोचको द्योतक भएको उनीहरुको भनाइ छ । वाइसीएल अखिल क्रान्तिकारी त्यस खालको बर्बतापूर्ण, अराजक र अराजनीतिक हमलाको घोर निन्दा र भर्त्सना गर्दै घटनामा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको भए अविलम्ब माफी मागेर आगामी दिनमा त्यस्ता हर्कत नदोहोर्यायउन चेतावनी दिएका छन् । यदि यस खालका गतिविधि जारी रहे देशभरका लाखौंलाख युवा विद्यार्थी प्रतिवादमा उत्रन बाध्य हुने चेतावनी उनीहरुको छ ।

ती दुई संगठनले चुनावी अभियानमा जुटेका नेता ,कार्यकर्ता र जनताको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न सरकार समक्ष माग समेत गरेका छन् ।
 काठमाडौं टुडेबाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads