Loading...
चितवनमा कांग्रेस–राप्रपाका कार्यकर्ताले प्रचण्डको भव्य स्वागत

भरतपुर । चितवन ३ का प्रतिनिधिसभा उम्मेदवार समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेस–राप्रपाले भव्य स्वागत गरेका छन् ।
बाम गठबन्धनको चुनाव प्रचार टिम भरतपुर २१ मा चुनावी अभियानमा हिडिरहेको थियो। अकस्मात बिक्रम पाण्डेको चुनाव प्रचारमा हिडिरहेका कांग्रेस–राप्रपाका कार्यकर्ताको टिमसँग प्रचण्डको भेट भयो। प्रचण्डले हात हल्लाएर सबैलाई अभिवादन गरे।
पार्वतीपुरको माइली चोकमा कांग्रेस–राप्रपाका कार्यकर्ताले प्रचण्डको भव्य स्वागत गरे। उनीहरुले प्रचण्डलाई माला लगाईदिए। बिक्रम पाण्डेका लागि लिएका खादा र माला प्रचण्डलाई लगाई दिए। चोकमा प्रचण्डसँग भेट्नेको भीड लाग्यो।
‘हामी विकास चाहन्छौं, अध्यक्षज्यू हामीलाई हजुरकै आशा छ। हजुर हामी सबैको नेता हो।’ एक स्थानीयले प्रचण्डलाई भने । प्रचण्डले सहमति जनाएर भनें, ‘विकासका लागि नै म चितवन आएको हुँ। तपाईहरुसँगै विकासमा हातेमालो गर्छु’ ।
खबरडबली बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads