Loading...
समानुपातिक सूचीमा पुरुषभन्दा महिला बढी, २५६ जना सांसद बन्न अयोग्य

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले पेस गरेका उम्मेदवारहरूको बन्दसूची अन्तिम रूपमा आइतबार सार्वजनिक गरेको छ। विभिन्न कारणले उम्मेदवार बन्न योग्य नभएका २५६ जनाको नाम बन्दसूचीबाट हटेपछि अब कुल पाँच हजार ८३८ जना उम्मेदवार कायम भएका छन्।
अन्तिम रूपमा सार्वजनिक गरिएको बन्दसूचीमा प्रतिनिधिसभा सदस्यतर्फ दुई हजार २७३ उम्मेदवार कायम छन्। सातवटा प्रदेशसभा सदस्यका लागि तीन हजार ५६५ जना उम्मेदवार कायम छन्।
जसअनुसार प्रदेश नं. १ मा ५७७, प्रदेश नं. २ मा ८०४, प्रदेश नं. ३ मा ७७४, प्रदेश नंं. ४ मा ३१९, प्रदेश नं. ५ मा ६०४, प्रदेश नं. ६ मा २०६ र प्रदेश नं. ७ मा २८१ उम्मेदवार कायम छन्। आयोगले उजुरउपर छानबिन भई २५६ जना उम्मेदवार अयोग्य ठहरिएको जानकारी दिएको छ। तीमध्ये तीन जना उम्मेदवारले आफैँ उम्मेदवारी फिर्ता लिएका थिए भने योग्यता नपुगेका २५३ को उम्मेदवारी रद्द भएको छ।
प्रतिनिधिसभा सदस्य सामानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार २७३ जनाको उम्मेदवारी कायम भएको छ जसमध्ये एक हजार ४८ पुरुष उम्मेदवार, एक हजार २२४ जना महिला उम्मेदवार र एक जना अन्य लिङ्गको उम्मेदवारी कायम छ। जसअनुसार पुरुष ४६.११, महिला ५३.८८ प्रतिशत र अन्य ०.०४ प्रतिशत कायम रहेको छ।
गोरखापत्रबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads