Loading...
७ जोडीः जो श्रीमान–श्रीमती नै उम्मेदवार बने

काठमाडौं । मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनकालागि दलहले चरम सकसकाबीच उम्मेदवार टुंगो लगाए । दलहरुले उम्मेदवार छनोटको विषय निकै पेचिलो बन्यो । विवादै विवादबाबीच पनि दलहले प्रत्यक्षतर्फका क्षउम्मेदवाको सूची तयार गरे । कम विवाद देखिएको समानुपातिक उम्मेदवारको पनि निर्वाचन आयोगले अन्तिम सूची  प्रकाशन गरिसकेको छ ।
टिकट बाँडफँडकै बिषयलाई लिएर दलहरुमा थुप्रै विवाद भए कतिपय जिल्लामा आफ्नै पार्टीका उम्मेदवारबिरुद्ध बागी समेत पर्यो । कति छुटेनै नहुने नेता छुटेको चर्चा प्रयः दलमा चलिरहेको छ । टिकटकै बिषयलाई लिएर कतिपय नेताहरु दल बदल्न समेत पछि परेनन् । पछिल्लो समय दलका नेताहले आफन्त र नजिकका नातेदारलाई टिकट दिएको चर्चा चुलिएको छ ।
नेपाली राजनीतिमा आफ्ना आफ्ना निकटकालाई टिकट दिने दिलाउने कुरा नौलो होइन । तर, शीर्ष दलका शीर्ष नेता नै यसपाली श्रीमतीसहित चुनावी प्रतिस्पधाृमा देखिएका छन् । कतिपय नेताहरु पार्टीभित्रको चरम विवादकाबीच श्रीमान–श्रीमतीनै चुनवी मैदानमा छन् । केहीले प्रत्यक्ष चुनावकैलागि छुट्टाछुट्टै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दार्ता गराएका छन् भने केही समानुपातिकमा छन् ।
शेरबहादुर देउवा र आरजु राणा
प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराबाट प्रतिनिधिसभाकालागि उम्मेदवारी दर्ता गराएका छन् । उनकी श्रीमती आरजु राणा देउवाले कैलाली ५ बाट प्रतिनिधिसभाकै लागि उम्मेदवारी दर्ता गराएकी छिन् । देवाका पति–पत्नी नै प्रतिनिधिसभाकालागि प्रत्यक्षमा चुनाव लड्दैछन् । राणाले निकै विवादकाबीच टिकट पाएको चर्चा कांग्रेसभित्र छ । राणाले पार्टीभित्र नै आफ्नो दबदबा जमाएकी छिन् ।
वामदेब गौतम र तुलसी थापा
नेकपा एमालेका उपाध्यक्ष वामदेब गौतमले बर्दिया १ बाट प्रतिनिधिसभाकालागि उम्मेदवारी दर्ता गराएका छन् । उनकी श्रीमती तुलसी थापा एमालेको समानुपातिक सूचीमा परेकी छिन् । टिकटको विषयमा पार्टीभित्र थुप्रै असन्तुष्ट बनेका बेला गौतम श्रीमतीलाइृ समानुपातिक सूचीमा राख्न सफल भए । थापा जनजाति महिलाको कोटाबाट समानुपातिकमा परेकी हुन ।
बर्षमान पुन र ओनसरी घर्ती
नेकपा माओवादी केन्द्का नेता बर्षमान पुनले रोल्पाबाट प्रतिनिधिसभाकालागि उम्मेदवारी दिएका छन् । उनकी श्रीमती ओनसरी घर्ती समानुपातिक सूचीमा छिन् । घर्ती पूर्वसभामुख समेत हुन् । पुन एमाले–माओवादीको वाम गठबन्धनबाट सिटबाँडफाँड कार्यदलमा समेत थिए । पार्टिभित्रका थुप्रै असन्तुष्टिलाई किनारा लगाएर पुन दम्पतीले सांसद बन्ने बाटो बनाए ।
शक्ति बस्नेत र सत्या पहाडी
पूर्वर्गहमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जाजरकोटबाट प्रतिनिधिसभाकालागि उम्मेदवारी दर्ता गराएका छन् । उनकी श्रीमती सत्या पहाडी प्रतिनिधिसभाकै लागि माओवादीको समानुपातिक सूचीमा छिन् । नेताहरुले आ–आफ्ना नातेदारहरुलाई टिकट दिएको भन्दै पार्टीभित्र आलोचना भइरहँदा बस्नेत दम्पती नै उममेदवार बनेका छन् ।
हितमान शाक्य र अमृता थापा
नेकपा माओवादी केन्द्रका नेता हितमान शाक्यले काठमाडौं १० बाट प्रतिनिधिसभाकालागि उम्मेदवारी दर्ता गराएका छन् । उनकी श्रीमती अमृता थापा मगर माओवादी केन्द्रको समानुपातिक सूचीमा परेकी छिन् । टिकटको भागबण्डा नमिलेर कतिपय क्षेत्रमा पार्टीबिरुद्ध नै बागी उम्मेदवारी दर्ता भइरहँदा शाक्य दम्पती नै प्रतिनिधिसभाकालागि उममेदवार बनेका छन् ।
शंकर पोखरेल र सुजिता शाक्य
नेकपा एमालका नेता शंकर पोखरेलले प्रदेशसभाकालागि दाङबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाको टिकट दाबी गरेका पोखरेल मुख्यमन्त्री बन्ने शर्तमा प्रदेशसभामा झरेका हुन् । उनकी श्रीमती सुजीता शाक्य एमालेको प्रतिनिधिसभाको समानुपातिक सूचीका परेकी छिन् । टिकट बाँडफँड कार्यदलमा समेत रहेका पोखरेलले उम्मेदवार बनाउने शर्तमा राप्रपाबाट एमाले प्रवेश गराएका कोमल वलीलाई समेत टिकट दिलाउन नसकेने भन्दै  पाखा लगाएर आफ्नी श्रीमतीकालागि सिट सुरक्षित गराए ।
सीपी मैनाली र निलम खड्का
नेकपा मालेका महासचिव सीपी मैनाली समानुपातिक सूचीमा बसेका छन् । मैनालीले समानुपातिकको सूचीमा आफ्नी पत्नी निलम खड्कालाई समेत समेटेका छन् । दोस्रो संविधानसभामा पनि मैनाली दम्पती समानुपातिक भोटबाट सांसद बनेका मैनाली दम्पती पालैपालो मन्त्रीसमेत बनेका थिए ।
खबरडबली बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads