Loading...
कांग्रेसी कार्यकर्ता नै मन्त्री हराउन लागेपछि…

काठमाडौं ।  निर्वाचनमा पूनै गति दोहोर्याउने लक्ष्यमा रहेपनि अहिले उनकै कुबुद्धिले कांग्रेसी कार्यकर्ता नै युवा तथा खेलकुद मन्त्री एंव काठमाडौं क्षेत्र नम्बर १० का लोकतान्त्रिकका प्रतिनिधिसभा उम्मेद्वार राजेन्द्रकुमार केसी उर्फ राजन केसीलाई हराउने दाउमा लागेको बुझिएको छ । वाम गठबन्धनले बेइमान नगरे पहिलेको मतका आधारमा केसी गुुल्टिनेछन् । साँघुसाप्ताहिकमा खबर छ–त्यो भन्दा खतरा उनलाई आफ्नै पार्टी कांग्रेसबाट भएको छ ।
स्थानीय मतदाताका अनुसार मन्त्री केसी हार्ने कारण भने उनकै खराब बानीले गर्दा भएको रहेछ । मन्त्री कांग्रेसको भएपनि काम जति सबै विपक्षि दलको कार्यकर्ता गरेपछि कार्यकर्ता रुष्ट भएका हुन । उनी मन्त्री भएपछि आफ्नो कार्यकर्तालाई मान्छे नगन्ने प्रवृतिका कारण उनलाई हराउन खेलकुद क्षेत्रको एक समूह नै लागेको छ । मन्त्री केसीलाई भेट्न गएका बेला झपारेर पठाउने गरेको राखेपका एक वरिष्ठ कर्मचारी बताउँछन् । मन्त्री मेसीले कुनै समय भटाभट हामीले नै हराउन सक्छौं, मान्छेले आफ्नो हैसियत भूल्न हुँदैन् ।’
मन्त्री केसीले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा हराएर चर्चामा थिए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads