Loading...
६ सिल र ३ ताला लागेको मतपेटिका आयोगसँग

आइतबार सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणना दोस्रो चरण निर्वाचनपछि मात्रै हुने भएपछि यसको सुरक्षामा चुनौती र चिन्ता देखिएको छ ।
दुवै चरणको निर्वाचन सम्पन्न भएपछि मात्रै एकसाथ मतगणना गरिने भएकाले १२ दिनसम्म पहिलो चरणको मतपेटिका विश्वसनीय ढंगबाट सुरक्षित राख्नेबारे आयोगले अझैसम्म विस्तृत सुरक्षा योजना तय गर्न सकेको छैन ।
तर, मतपेटिका सुरक्षाका लागि सिल र ताला भने बलियो बनाइएको आयोगले जनाएको छ । आयोगका अनुसार राजनीतिक दलहरुको रोहबरमा राखिने मतपेटिकामा दलले चाहे २४ सै घण्टा आलोपालो गरी पहरा दिन सक्नेछन् ।
राजधानी दैनिकबाट

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads