Loading...
बम हान्दा पनि विप्लवसँग डराएनन वर्षमान, थवाङमै पुगेर विप्लवलाई थर्काए

नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफैंले घोषणा गरेको दलाल पुँजीवादी संसदीय व्यवस्था पक्षधरसँग सहकार्य गरेर वाम गठबन्धनविरुद्ध जाइलागेको बताएका छन् ।
बाम गठबन्धनबाट रोल्पामा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका अनन्तले सोमबार थवाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा आफ्नो राजनीतिक कार्यदिशाप्रति अलमलमा रहेको दाबी गरे । थबाङ महाधिवेशनबाट नेकपाले नेपाली जनताको प्रमुख अन्तरसंघर्ष दलाल पुँजीवादी संसदीय व्यवस्थासँग रहेको घोषणा गरेको र त्यही व्यवस्थाको नेतृत्व गर्ने नेपाली कांग्रेसँग मिलेर वाम गठबन्धन विरुद्ध लागेको उनको भनाइ छ। ‘यही थबाङमा भएको महाधिवेशनबाट विप्लवजी महासचिव चुनिनुभयो । यहींबाट दलाल पुँजीवादी संसदीय व्यवस्थासँग नेपाली जनताको अन्तरसंघर्ष रहेको घोषणा गर्नुभयो ।

उहाँहरुले जुन व्यवस्थाविरुद्ध संघर्ष घोषणा गर्नुभएको छ, त्यसको नेतृत्व नेपाली कांग्रेसले गर्छ’, पुनले भने, ‘आज कांग्रेससँग मिलेर बाम गठबन्धन विरुद्ध लागिरहनुभएको छ । यो कस्तो राजनीतिक लाईन हो ? यसमा नेकपा आफैं अलमलमा छ ।’ नेकपाले वाम गठबन्धनका उम्मेदवारहरुलाई बम, गोली प्रहार गरे पनि कांग्रेसका उम्मेदवारहरुलाई कुनै पनि अवरोध प्रयास गरेको छैन । केही दिन अघि सिंचाई राज्यमन्त्री समेत रहेका प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार अमरसिंह पुनले हतियारसहित पक्राउ परेका नेकपाका कार्यकर्तालाई रिहा गर्न माग गरेको थिए ।

चुनावी सभालाई सम्बोधन गर्दै पुनले ढुक्क भएर मतदान गर्न थबाङबासीलाई अपिल गरे । स्थानीय तह निर्वाचनमा विप्लव नेतृत्वको नेकपाले निर्वाचन बिथोल्न निर्देशन दिए पनि स्थानीय कार्यकर्ता र थवाङबासीले निर्वाचनमा भाग लिएको स्मरण गर्दै उनले भने, ‘थबाङ्गी जनताले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । नेकपाले पनि स्थानीय रुपमा निर्वाचनमा भाग लिएको छ । परिवर्तित राजनीतिक सन्दर्भमा यो धेरै अर्थपूर्ण छ ।’ पुनले राजनीतिक क्रान्तिमा थबाङले पु¥याएको नेतृत्वदायी योगदान कहिल्यै कसैले भुल्न नसक्ने बताए । उनले थबाङले लामो समय राजनीतिक संघर्षमा बिताएकोले अब थबाङको समृद्धिको लागि लाग्नुपर्ने बताए । ‘अब थबाङमात्रै होइन सबैको ध्यान समृद्धितर्फ जानुपर्छ’, उनले भने, ‘हिजो राजनीतिक संघर्ष, क्रान्तिको नेतृत्व पनि नेकपा माओवादी केन्द्रलगायत वामपन्थी शक्तिले गरे । अब समृद्धिको मार्गको नेतृत्व पनि बामपन्थी शक्तिले गर्छ ।’

कार्यक्रममा पुनले थबाङलाई दिर्घकालीन रुपमा देशकै नमूना गाउँ बनाउने घोषणा गरे । ‘यहाँ नमूना गाउँ निर्माण कार्यक्रम चलिरहेको छ । यसलाई अझै व्यवस्थित र प्रभावकारी बनाउँदै एउटा सांस्कृतिक गाउँ, क्रान्तिको प्रतीक, देशकै नमूना गाउँ बनाउन म लाग्नेछु’, उनले भने । नेता पुनलले समृद्ध रोल्पा र सुखी रोल्पालीका लागि रोल्पालाई समृद्ध, गतिशील र स्मार्ट नमूना जिल्ला बनाउने आफ्नो प्रतिबद्धता जनाए । उनले सहिद मार्गको कालोपत्रे गर्ने, जलजलालाई संरक्षण क्षेत्र बनाउने, थबाङदेखि जलजलासम्म केवलकारको सम्भाव्यता अध्ययन गर्ने, थबाङलाई उत्कृष्ट पर्यटन गन्तव्य बनाउने प्रतिबद्धता जनाए ।

पुन नेकपाको अवरोध प्रयासबीच चुनावी सभालाई सम्बोधन गर्न र भोट माग्न सोमबार बिहान थबाङ पुगेका थिए । उनलाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए । नेकपाका कार्यकर्ताहरुले वाम गठबन्धनको चुनावी सभामा सहभागी नहुन चेतावनी दिए पनि स्थानीय बासिन्दा उत्साहपूर्वक सभामा सहभागी भएका थिए ।
काठमाडौं टुडे बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads