Loading...
राज्यमन्त्री चम्पादेवी खड्काको घरमा बम विस्फोट

बागलुङ । सत्तारूढ दल नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं  सहकारी तथा गरिबि निवारण राज्यमन्त्री चम्पादेवी खड्काको निवासमा बम बिष्फोट भएको छ । सोमबार राती बागलुङ बजारको लालीगुराँस चोकस्थित राज्यमन्त्री खड्काको निवासमा बम बिष्फोट भएको हो ।
बम विष्फोटनबाट कुनै मानवीय क्षती नभएको डिएसपी विश्वराजसिंह थापाले बताएका छन् । घरको भूईतलामा गराईएको बम विष्फोटबाट सामान्य क्षति पुगेको छ । निर्वाचनको मुखैमा आएर गरिएको बम विष्फोटन बिप्लव समुहले गरेको हुनसक्ने आशंका गरिए पनि त्यसको पुष्टी हुन सकेको छैन।
खबरडबली बाट 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads