Loading...
स्थायी सरकार, बिकास र समृद्धिका लागि वाम तालमेल : केपि ओलि

फाइल फोटो
काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग यूरोपेली संघका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेकोे छ । सिंहदरबारमा भएको सो भेटमा आगामी मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका विषयमा छलफल भएको थियो ।
सो अवसरमा अध्यक्ष ओलीले निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित बनाउन आफ्नो पार्टीको सकारात्मक भूमिका रहने बताउँदै त्यसको प्रत्यक्ष अवलोकन गर्नका लागि यूरोपेली संघका प्रतिनिधिमण्डललाई आग्रह गर्नुभएको भेटमा सहभागी एमालेका पोलिटब्यूरो सदस्य विष्णु रिमालले बताए ।
निर्वाचन निष्पक्ष गराउनेबारेमा निर्वाचन आयोगको भूमिका र प्रतिबद्धताका बारेमा प्रतिनिधिमण्डलले जिज्ञासा राखेका थिए ।
सो जिज्ञासाका जवाफमा अध्यक्ष ओलीले आफू अहिले कसैलार्ई दोष लगाउने पक्षमा नरहेको भन्दै मतपत्रको विषयमा उठाइएको विवाद निर्वाचन प्रभावित पार्ने लक्ष्यका साथ गरिएको प्रपञ्चको रुपमा लिइएको उल्लेख गरे ।
“निर्वाचन सार्नका निम्ति प्रयास भएका थिए, ती सफल भएनन् र हुँदैनन् पनि”अध्यक्ष ओलीले भने । नेपाललाई स्थायी सरकार दिन, बिकास र समृद्धितर्फ अघि बढाउनका लागि वाम तालमेल भएको उनको भनाइ थियो ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads