Loading...
कृष्ण गहतराज र पार्वती गहतराज द्वारा २५ औं बर्षगांठको उपलक्ष्यमा मृगौला पीडित मथुरा विक लाई २५ हजार सहयोग

             
पूर्ण पहाडी, मंसिर २० / २५ वर्ष अगाडि आजैको दिन विश्वकर्मा हेल्पिङ्ग ह्यान्डस अराउण्ड वल्र्डका अध्यक्ष समाजसेवि कृष्ण गहतराज र पार्वती गहतराज बैबाहिक जीवनमा बांधिनुभएको हो ।

विश्वकर्मा समुदायको लागि लामो समय देखि सहयोग र विश्वकर्मा समुदायलाई एकीकृत गर्दै पछिल्लो केही समय बाट विश्वकर्मा समुदायलाई अझै व्यापक एकता गर्ने गरि विश्वकर्माले विश्वकर्मालाई भन्ने मुल नाराको साथ, विश्वकर्मा हेल्पिङ्ग ह्यान्डस अराउण्ड वर्ल्ड फाउन्डेसन नामक संस्था स्थापन गरि विश्व भरिका बिश्वकर्मा समुदायलाई एकीकृत गर्ने उद्देश्यले www.bishwakarmahelpinghands.org अनलाइन संचालनमा ल्याउनु भएको छ । साथै विश्वकर्मा हेल्पिङ्ग ह्यान्डस फाउन्डेसनले आगामी दिनमा सम्पुर्ण विश्वकर्मा समुदायलाई शैक्षिक,आर्थिक रुपमा सम्पन्न गराउन र छरिएका विश्वकर्मा समुदायलाई जोडन पुलको काम गर्नेछ ।
यति मात्र नभएर उहाँले अहिलेसम्म धेरै भन्दा धेरै विश्वकर्मा समुदायलाई आर्थिक सहयोग पनि गर्नु भएको छ ।
२५ औं बर्षगांठको उपलक्ष्यमा दुवै मृगौला फेल भएकी अछाम दर्नाकी मथुरा विक लाई २५ हजार सहयोग गर्ने पनि बताउनु भयो ।

बिरामी मथुरा विकले आफ्ना बच्चाका लागि पनि आफूलाई बचाउन सबैलाई रुदै अनुरोध गरेकी छन्। आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्न धौ–धौ भएको उनलाई यतिबेला सहयोगको खाँचो छ। उनका ३ जना नाबालक छोरा छन्।

यसरी सधै दिन पुगोस् समुदायको हक हितको लागि सदा सहयोगी हात फैलि रहोस् ।

२५ औं बर्षगांठको उपलक्ष्यमा कृष्ण गहतराज र पार्वती गहतराज दुबैजनालाई हार्दिक शुभकामना !

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads