Loading...
यदि एकता भएन भने केपी ओलीजी म, माधव नेपाल र नारायणकाजी श्रेष्ठको राजनीति सकिन्छ: प्रचण्ड

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी ५० वर्ष नेपालमा बाम गठबन्धनले सत्ता चलाउने दाबी गरेका छन् ।
ललितपुरको क्षेत्र नम्बर–३ अन्तर्गत सुनाकोठीमा शनिबार आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको निर्वाचनमा बहुमत ल्याएर पाँच वर्षसम्म राम्रोसँग सरकार चलाउने र त्यसैको जगमा अरु ५० वर्ष सत्तामा कम्युनिष्ट पार्टी हुने बताए । ‘अहिले जितेपछि पाँच वर्ष बहुमतको सरकार राम्ररी चलाइयो भने ५० वर्ष हामी सरकार चलाउँछौं’, उनले भने, ‘पाँच वर्षपछिको चुनावमा अहिले जसरी आमसभा गर्दै हिंड्नुपर्दैैन टेलिभिजनबाटै भोट माग्दा जनता ह्वारह्वार्ती भोट माग्न आउँछन् ।’

उनले ललितपुर कम्युनिष्टहरुको किल्ला रहँदै आएको भन्दै ललितपुरको तुलना चीनको राजधानी बेइजिङसँग गरे । ‘ललितपुर कम्युनिष्टहरुको लालकिल्ला हो’, उनले भने, ‘यो चीनको बेइजिङजस्तै हो ।’ ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको दाबी गरे । प्रचण्डले निर्वाचनपछि माओवादी केन्द्र र एमालेबीच पार्टी एकता हुनेमा आशंका नगर्न कार्यकर्तालाई अपिल गरे । पार्टी एकता नभए आफू, एमाले अध्यक्ष केपी ओली र नारायणकाजी श्रेष्ठको राजनीतिक भविष्य एकैपटक समाप्त हुने उनको भनाइ थियो ।
‘पार्टी एकता हुन्छ । यदि एकता भएन भने म, केपी ओलीजी म, माधव नेपाल र नारायणकाजी श्रेष्ठको राजनीति सकिन्छ’, उनले भने ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads