Loading...
धौलागिरी माविमा एकैदिन १ करोड २ लाख संकलन

बेनी नगरपालिका–४ सिंगामा अवस्थित धौलागिरी माविमा शुक्रबार आयोजित पुर्नमिलन कार्यक्रममा विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार निर्माणका लागि एकैदिन १ करोड २ लाख आर्थिक सङ्कलन भएको छ । विद्यालयमा आयोजित कार्यक्रमको उद्घाटन गदैं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षामा स्थानीयस्तरबाट समेत सहयोग गर्नुपर्नेमा जोड दिए ।
विद्यालयका पूर्व विद्यार्थी समेत रहेका डा. श्रेष्ठले प्राविधिक शिक्षाका लागि आवश्यक पर्ने पूर्वाधार विस्तार सहित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन दक्ष जनशक्ती र प्रयाप्त पूर्वाधार हुनुपर्नेमा जोड दिए । विद्यालयका पूर्व विद्यार्थी, अभिभावक, स्थानीयबासीन्दा, विद्यार्थी, शिक्षक लगाएत शैक्षिक क्षेत्रमा सक्रिय रहेका विभिन्न संघसंस्थाको उपस्थिती रहेको कार्यक्रममा बोल्ने बक्ताले सामुदायिक विद्यालयको भौतिक पूर्वाधारमा राज्यबाट उपलब्ध सहयोगले अपुग भएपनि स्वदेश तथा विदेशमा रहेका पूर्व विद्यार्थी, विभिन्न संघसंस्थाबाट भएको सहयोगले सहज भएको बताएका थिए ।
गतबर्ष कक्षा ११ को मान्यता प्राप्त गरेपछि शिक्षा र ब्यवस्थापन संकाय सञ्चालन भइरहेको विद्यालयले आर्थिक संकलन गरी भौतिक पूर्वाधारका साथै प्राविधिक कक्षा सञ्चालन गर्ने जनाएको छ । कार्यक्रममा प्रदेशसभाका सांसद विनोद केसीले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक पूर्वाधारका लागि आफुँ प्रतिबद्ध रहेको बताएका थिए ।
उनले सामुदायिक विद्यालयबाट प्राप्त हुने गुणस्तरीय शिक्षाले विद्यार्थी संगै सिंगो देशकै मुहार परिवर्तन ल्याउने बताउँदै यसका लागि प्रदेशसभाबाट समेत नितिगत सुधार गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा कृषि बैज्ञानिक डा. टिका कार्की, डा. जीबन बानियाँ लगाएतले मन्तब्य राखेका थिए । विद्यालयका प्रअ डण्डपानी सापकोटाको सञ्चालन, अध्यक्ष भगवान खड्काको स्वागतमा सम्पन्न भएको थियो ।
एकबर्ष सम्म आर्थिक संकलन सहित विभिन्न योजना बनाएको विद्यालयको अभियानमा हालसम्म न्यूजिरल्याण्डमा रहेका लाल बहादुर केसीले ९९ बर्षिया गौमती केसीको नाममा २५ लाखको अक्षय कोष, बेनपा–४ का गजेन्द्र भटचन परिवारबाट ५ लाख ५५ हजार ५५५, डा.मिन बहादुर श्रेष्ठ परिवार ५ लाख, दिननाथ पौडेल २ लाख ५ हजार ५५५, राजु खड्का परिवारबाट २ लाख, डा.जीवन बानियाँ १ लाख २५ हजार, मुल आयोजक संयोजक मोहन प्रसाद रेग्मी १ लाख ११ हजार १११, भगवान, राजेन्द्र, प्रेम खड्काबाट १ लाख ११ हजार १११,नारायण उपाध्याय,१ लख ११ हजार १११, नरहरी उपाध्याय १ लाख ११ हजार १११,चन्द्र बहादुर सिउथानी तातोपानी १ लाख १ रुपैयाँ लगाएत ५ हजार देखी माथी आर्थिक सहयोग संकलन भएको छ । २०१८ सालमा स्थापना भएको विद्यालयले माध्यामिक तहसंगै गतबर्ष कक्षा ११ को अनुमति पाएपछि भौतिक पूर्वाधार सहित शैक्षिक गुणस्तर सुधारमा समेत अभियान सञ्चालन गरिएको छ । विद्यालयमा प्रावि देखी माविसम्म २ सय ५० जना विद्यार्थी अध्ययरत छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads