Loading...
सेमीमा माउण्ट र बुद्ध, वेष्ट प्वाइन्ट र केवी भिड्दै


१६ औ अन्तर मावि जिल्ला स्तरीय जेसीजकप फुटवल प्रतियोगिताको क्वाटरफाइनलका खेल सकिएका छन् । आइतबार सम्पन्न खेलको पहिलो खेलमा प्रकाश माविलाई सुन्य का विरुद्ध १ गोल प्रहार गदैं माउण्ट एभेरेष्ट सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवासीय माविले बेनी सामुदायिक माविलाई ०–११ गोलको फराकिलो प्रहार संगै सेमिफाइलनको यात्रा तय गरेको म्याग्दी जेसीजले जनाएको छ । क्वाटरफाइनलको तेस्रो खेलमा बुद्ध एकेडेमीले लिटल गार्डेन एकेमेडीलाई ५–१ गोलअन्तरले पराजित गरेको थियो ।त्यस्तै प्रतियोगिताको अन्तिम खेलमा म्याग्दी एकेडेमी सिंगालाई केवी एकेडेमी दरवाङले २–३ गोलअन्तरले हराउँदै विजय यात्रालाई कायम राखेको छ । 
सोमबार हुने सेमिफाइनलको पहिलो खेलमा माउण्ट र बुद्ध एकेडेमी बीच हुने छ भने दोस्रो खेल न्यू वेष्ट प्वाइन्ट र केवी एकेडेमी विच हुने जेसीज कप प्रतियोगिता संयोजक एवम् म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेश कुमार श्रेष्ठले बताए । गत बर्षको जेसीज कप विजेता माउण्ट र उपविजेता न्यू वेष्ट प्वाइन्ट सेमिफाइनलमा प्रवेश गरेपछि दुई समुहबाट फाइनलको यात्रालाई चासोपूर्वक हेरिएको छ । विद्यालयस्तरमा लोकप्रिय मानिने प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु ३४ हजार, रनिङ शिल्ड, कप, ट्रफि, मेडल र प्रमाणपत्र तथा द्धितिय हुनेलाई नगद रु १७ हजारको साथमा कप, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडि, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, म्यान अफ द म्याच घोषित हुने व्यक्तिहरुलाई समेत पुरस्कृत गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष नारायणकुमार बरालले जानकारी दिए । प्रतियोगितामा १२ विद्यालयले सहभागिता जनाएका छन् । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads