Loading...
समानुपातिकतर्फ ६० जिल्लाको मतगणना सार्वजनिक ,थ्रेसहोल्डमा पाँच दलमात्र सुरक्षित

मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ६० जिल्लाको मतगणना सकिएको छ । १७ जिल्लामा मतगणना भइरहेको छ ।
निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखामा बिहीबार बिहान १० बजेसम्म प्राप्त विवरण अनुसार ७६ लाख ८४ हजार ३२८ मतगणना सम्पन्न भएको छ ।
प्राप्त मतपरिणाम अनुसार, नेकपा एमालेले २६ लाख ३१ हजार ९९१ मत, नेपाली कांग्रेसले २५ लाख ४६ हजार ६९, माओवादी केन्द्रले १० लाख ४५ हजार ४४६, संघीय समाजवादी फोरम नेपालले ३ लाख ५१ हजार ५२५, राष्ट्रिय जनता पार्टी, नेपालले २ लाख ९५ हजार ४४८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ७५ हजार ५९०, विवेकशील साझा पार्टीले १ लाख ७३ हजार ७९७, नयाँ शक्ति पार्टी, नेपालले ६९ हजार २४१, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ६३ हजार ८९२, नेपाल मजदुर किसान पार्टी ५० हजार ४०१ र अन्य अन्य दलले २ लाख ८० हजार ८२६ मत प्राप्त गरेका छन् ।
मतगणना जारी रहेका जिल्लामा प्रदेश १ मा सुनसरी, प्रदेशमा २ मा धनुषा, सप्तरी, सर्लाही, महोत्तरी प्रदेश ३ मा काठमाण्डु, चितवन, प्रदेश ४ मा स्याङ्जा, प्रदेश ५ मा अर्घाखाँची र प्यूठान, प्रदेश ६ मा सुर्खेत र प्रदेश ७ मा कैलाली, कञ्चनपुर र डोटी छन् । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको मतगणना बुधबार नै सम्पन्न भइसकेको छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads