Loading...
नेपालकै सबैभन्दा सस्तो सहर काठमाण्डु

राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक महिनामा सबैभन्दा सस्तो सामान काठमाडौं कारोबार भएको छ। यो महिनामा काठमाडौंको मूल्य वृद्धि तीन दशमलव दुई प्रतिशत छ।

हिमाल सबैभन्दा मह्गो देखिएको छ। यस्तो वृद्धिदर पहाडमा चार दशमलव सात र तराईमा तीन दशमलव सात प्रतिशत छ। गत वर्षको सो महिनामा काठमाडौंमा तीन, हिमालमा चार, तराईमा पाँच दशमलव एक र पहाडमा ६ दशमलव दुई प्रतिशत थियो।
गेडागुडी र मसलाको मूल्य घट्यो
कात्तिक महिनामा खाद्य तथा गैरखाद्य दुवै समूहमा पर्ने वस्तुको मूल्य घटेको छ। समीक्षा अवधिमा खाद्य समूहको वस्तुको मूल्य दुई दशमलव तीन प्रतिशत र गैरखाद्य वस्तुको मूल्य पाँच दशमलव एक प्रतिशत रहेको छ। गएको वर्ष यसै अवधिमा खाद्य समूहअन्तर्गत पर्ने वस्तुको मूल्य दुई दशमलव ६ प्रतिशत र गैरखाद्य वस्तुको मूल्य ६ दशमलव पाँच प्रतिशत थियो।
त्यो महिनामा गेडागुडी तथा मसलाको मूल्य सबैभन्दा बढीले घटेको छ। यस अवधिमा गेडागुडीको मूल्यमा २४।१ र मसलाको मूल्यमा साढे पाँच प्रतिशतले कमी आएको छ। तर, तरकारीको मूल्यमा भने नौ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ  ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads