Loading...
प्रचण्डलाई माया गरेर कांग्रेसले ५ वर्ष प्रधानमन्त्री हुनु भनेको होइन : ओली



एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनलाई टुटाउने खेल भइरहेको भन्दै त्यो कुनै पनि हालतमा सफल नहुने बताएका छन् । 
शनिबार एमाले उपाध्यक्ष वामदेव  गौतमद्धारा लिखित नेपाल नवनिर्माण महाअभियान नामक पुस्तक  विमोचन कार्यक्रमलाई सम्बोधन  गर्दै ओलीले माओवादी  केन्द्रका अध्यक्ष प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री हुन भनि आएको अफर वाम गठबन्धनलाई टुटाउनको लागि मात्रै भएको  बताए । 
‘बाम गठबन्धनको बहुमत रहेको छ ।   विकास गर्ने संकल्प गरेको छ । तर, गठबन्धनलाई तोड्न थुपै प्रयास भएका छन्’, कांग्रेसतर्फ इंगित गर्दै ओलीले भने, ‘ त्यो काम लाग्दैनन् । हामीले राष्ट्र निर्माणमा हाम्रो दायित्व, हाम्रो काँधमा अभिभारा, जनताले सुम्पेको जिम्मेवारी अगाडि र चुनौति देखेका छौं ।’ 
उनले अगाडि भने, ‘हामी बटारिएर गजबको बाटो हिँड्दैनौं  , कतिपयले प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री हुनु भनेका छन्। उहाँलाई मायाँ  गरेर यसो भनेका होइनन् । तिनीहरुले देश बनाउन खोजेका होइनन् ।  देश बिथोल्न खोजेका हुन् ।  यो बिथोल्न सम्भव छैन ।  हामी थुप्रै अनुभवसहित आएका छौं  । जनताले हैसियत दिएका छन् ।’
कसैको  प्रलोभनमा कोहि पनि नपर्ने भन्दै ओलीले  गलत बाटो समाउने कुरा असम्भव रहेको बताए । यस्तै  विकास, स्थीरता र समृद्धिका लागि वाम सरकार अनुकूल हुने पनि स्पष्ट पारे ।   
२ नम्बर प्रदेशबाहेक सबैमा वाम सरकार बन्ने भन्दै ओलीले  स्थानीय तहमा पनि  २० हजार बढी प्रतिनिधि वामपन्थी  रहेकाले विकासले फड्को मार्ने  दाबी गरे । 
 वाम गठबन्धनले सबैसँग मिलेर अघि बढ्न चाहेको भन्दै ओलीले भने, ‘ एक्काइसौं सताब्दी हो कसैको सहारा लिएर हिँड्दैनौं  । लोकतान्त्रिक पार्टी भएकाले कानुनी राज्य, सुशासन र भ्रष्टचार नियन्त्रण प्रमुख प्राथमिकता हो ।’
कांग्रेसले लोकतन्त्रको कुरा गर्दै हिँडेपनि  व्यवहारमा त्यस्तो नदेखिएको आरोप समेत ओलीले लगाए । ओलीले तत्काल  माओवादी केन्द्र र एमालेबीच पार्टी एकता हुन नसकेपनि वाम सरकार बन्ने समेत सो क्रममा बताए । 
यस्तै प्रचण्डले शान्ति, सुशासन र सम्वृद्धिको अभियान सुरु गर्न नसके मुलुक फेरी पनि दुर्घटनामा पर्न सक्ने खतरा  औंल्याए ।  
उनले ऐतिहासिक चुनौति र अवसर दुवै वामगठबन्धनको सरकारका अगाडि रहेको भन्दै  सम्वृद्धिको मौलिक बाटो पहिचान गरेर विकासलाई गति दिन सक्ने हो भने साच्चै १० बर्षमा आर्थिक क्रान्तिको युगमा मुलुकलाई लैजान सकिने उल्लेख  गरे । 
 राजनीतिक स्थायीत्व, आर्थिक सम्वृद्धि र पारदर्शीता कायम गर्नमा नै आफूहरुको सम्पुर्ण चिन्तन केन्द्रित भएको भन्दै उनले चुनौति र अवसर दुवैलाई वामगठबन्धनको सरकारले सामना गर्नुपर्ने बताए । 
यस्तै कांग्रेस नेता रामचन्द्र पौडेलले कृषि क्रान्ति, पर्यटन विकास र ऊर्जाविकासमार्फत देशको समृद्धि सम्भव रहेको बताए ।  अब राजनीतिक प्रयोगमा लड्ने भन्दा पनि  संविधानले दिएको म्याण्डेटअनुसार अघि बढ्नुपर्नेमा पौडेलले जोड दिए । ratopati

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads