Loading...
दुवै मृगौला फेल भएकी मथुरा विकको आर्थिक अभावले उपचारमा समस्या सहयोगको अपिल


मंसिर १८, अछाम दर्नाकी मथुरा विकको दुवै मृगौला फेल भएपछि यतिबेला उनलाई सहयोगका लागि परिवारले सबैमा अनुरोध गरेका छन्। अछामको वान्निगढि गाउँ पालिका वडा न.६ दर्ना वस्ने ३१ वर्षीय विकको आर्थिक अवस्था दयनीय रहेको छ।
मथुरा विकले आफुलाई टाउकाे दुख्ने, ज्वराे अाउने, शरीर फुल्ने समस्या देखिए पछी उपचार गर्न काठमाडौ स्थित सिभिल हस्पिटलमा आएर स्वास्थ्य परिक्षण गर्दा डाक्टरले उनको दुवै मृगौला फेल भै सकेको जानकारी दिएको बताए ।बिरामी मथुरा विकले आफ्ना बच्चाका लागि पनि आफूलाई बचाउन सबैलाई रुदै अनुरोध गरेकी छन्। आर्थिक अभावका कारण साँझ बिहानको छाक टार्न धौ–धौ भएको उनलाई यतिबेला सहयोगको खाँचो छ। उनका ३ जना नाबालक छोरा छन्।
सरकारले निःशुल्क मृगौला रोगीको उपाचार गर्ने भनेको सुने पनि आर्थिक अभावले उपचार हुन नसकेपछि परिवारजनले सहयोगका लागि अपिल गरेका छन् ।डा केदार सेन्चुरिको सहयोगमा उनको अहिले वीर हस्पिटलमा भर्ना गरिएको छ। उनको उपचारका लागि सहयोग गर्न सबै सहयोगी मनहरूले बिरामीको मोबाइल नं ९८११६५७२१८ मा सम्पर्क गर्न सक्नुहुने आग्रह उनका पति शेर वहादुर विकले गरेका छन् ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads