Loading...
बिविधको भोटिङ अभियान


कान्तिपूर टेलिभिजनबाट प्रसारण हुन गैरहेको Pulsar Dare Venture प्रतियोगितामा उत्कृष्ट १०  प्रतियोगिताभित्र प्रवेश गरेका बाईकर बिविधजंग थापालाई जिताउन अभियान सुरु भएको छ । ४ हजार प्रतिस्पर्धीबाट उत्कृष्ट १० भित्र प्रवेश गरेका म्याग्दीका थापालाई विजय बनाउन बेनीका युवाहरूले मोबाइलको एसएमएसमार्फत भोटिङका साथै प्रचारप्रसार सुरु गरेका हुन् । 
बेनी नगरपालिका–७ मङ्गलाघाटका युवाहरू धौलागिरि अञ्चलबाट एकमात्रै प्रतियोगीको रुपमा उत्कृष्ट १० जनाभित्र प्रवेश गरेका थापालाई एउटा भोट गर्न अनुरोध गदै बिहीबारदेखि प्रचारप्रसार सुरु गरेका छन् । मोटरसाईकलमा जोखिमपूर्ण यात्रा गर्ने प्रतियोगिताका विभिन्न चरण पार गर्दै धौलागिरि गाउँपालिका–७ ताकम धारापानीका थापाले उत्कृष्ट १० प्रतियोगीभित्र पर्न सफल भएका छन् । 
थापाले म्याग्दीभित्र र देशभर रहेका म्याग्देलीसहित प्रवासमा रहेका आफ्ना साथीहरूबाट विशेष सहयोगको अपेक्षा गरेको बताए । ‘एउटा साहसिक प्रतिस्पर्धामा छु, मेरो जित्ने सम्भावना पनि धेरै छ‘ उनले भने । साहसिक मोटरसाईकल रेसलाई विश्वमा प्राथमिकता दिने खेलमा पर्ने बताउँदै नेपालमा समेत आर्कषक पुरस्कारसहित सञ्चालन भैरहेको प्रतियोगिताको उपाधि म्याग्दीमा ल्याउन आफूले मेहनत गरेको थापाले बताए । ‘एउटा मोबाईलबाट एकपटक भोट गर्न मिल्छ, सबैले एक भोट गरे मेरो जीत सुनिश्चित छ’ उनले भने । 
मोटरसाईकललाई आफ्नो नियन्त्रणमा राखेर विभिन्न स्टर्न गर्ने गरेका थापाले प्रतियोगिताका रेससहितका सबैजसो प्रतिस्पर्धामा आफ्नो उत्कृष्ट प्रर्दशन गरेकाले पनि पेशेवर बाईकरलाई समेत पछाडि पारेका थिए । उनले बिहीबार समेत बेनीबजारको खुल्लामञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । काठमाण्डौंसहित ठूला सहरका प्रतियोगीलाई समेत म्याग्दीमा सिकेको सिपका आधारमा पछाडि पारेका थापाले विश्वका बाईकरलाई नेपालमा खेलका लागि ल्याउन सकिने बताए । 
उनले जोखिमपूर्ण यात्राको रुपमा लिने गरिए पनि प्रतियोगीताले जोखिममा पनि आफ्नो क्षमता देखाउन सक्ने, आपतकालीन अवस्थामा आफूले प्रयोग गरेको मोटरसाईकलको मर्मतलगायत विविध कार्यहरुलाई सिकाउने गरेको बताए । प्रतियोगितामा थापालाई भोटिङ गर्न आफ्नो मोबाईलको म्यासेज बक्समा गएर PDV Space BIBID  लेखेर ३३००१ मा पठाउनुपर्छ । प्रतियोगितामा प्रथम हुनेले १० लाख, द्वितीयले ५ लाख र तृतीयले २ सय सिसीको पल्सर मोटरसाईकलसहित विविध पुरस्कार पाउने आयोजकले जनाएको छ । यसैबीच बुद्ध युवा क्लब मङ्गलाघाटले प्रचारप्रसारसहित भोटिङ अभियानलाई तिब्रता दिएको छ । 

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads