Loading...
अबकाे पार्टी अध्यक्ष क‍‍. प्रचण्ड : भीम रावल

काठमाडाै ।  नेकपा एमाले उपाध्यक्ष भीम रावलले एकता र सरकार गठनबारे आन्तरिक छलफल सुरु भइसकेकाले करिव करिव सबै कुराकाे टुँगो लगाउने अन्तिम तयारी भैसकेकाे बताएका छन् ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले पार्टीका शीर्ष नेताबीच छलफल अघि बढाइसकेको भन्दै ‘हामीले दुई पार्टी एउटै बनाउने भनेर एकता प्रक्रिया सुरु गरिसकेका छौं’, उनले भने ।
भावी प्रधानमन्त्रीका रुपमा केपी ओली हुने भएपछि पार्टी अध्यक्ष प्रचण्ड निर्विकल्प भएकाे दावी गरे ।
ओली र प्रचण्डबीच सहमतिमै प्रधानमन्त्री र पार्टी अध्यक्ष टुंगो लाग्ने उनको भनाइ छ । ‘अध्यक्ष कमरेड केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवै नेताहरुको आपसी मेलबाटै सबै कुराको छिनोफानो हुन्छ’, रावलले भने,
कांग्रेस सभापति शेरबहादुर देउवाले जनादेशको सम्मान गर्दै पद त्याग गर्नुपर्ने तर्क गरे । निर्वाचन सम्पन्न भइसकेपछि सरकारले राजनीतिक सहमतिविपरीत राष्ट्रिय सभा निर्वाचनबारे कुरा गर्नु अनुचित भएको उनको आरोप छ ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads