Loading...
म्याग्दी भ्रमण वर्ष–२०७५ मनाइने

म्याग्दी उद्योग वाणिज्य संघ कासस बैठक

आगामी वर्ष अर्थात् वि.सं. २०७५ लाई म्याग्दी भ्रमण वर्षको रुपमा म्याग्दी उद्योग वाणिज्य संघले मनाउने भएको छ । 
म्याग्दी महोत्सव २०७४ को पूर्व सन्ध्यामा पुस ४ गते म्याग्दी उद्योग वाणिज्य संघको बैठकले आगामी २०७५ लाई म्याग्दी भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले बताए । विगतमा पनि बेनी भ्रमण वर्षका रुपमा मनाउने भनेर चर्चा भएतापनि म्याग्दी उद्योग वाणिज्य संघ आफैले अगुवाइ गर्दै आगामी वर्षलाई ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ का रुपमा मनाउने निर्णय गरेको हो ।
आम जनताको सल्लाह र शुझावलाई मध्यनजर गर्दै आगामी वर्षलाई म्याग्दी भ्रमणवर्षको रुपमा मनाउन लागिएको म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बेलबहादुर कटुवालले बताए । उनले भने समग्र म्याग्दी जिल्लाको पक्षमा काम गर्नका लागि सबैको सल्लाह र सुझाव लिँदै अगाडी बढ्नु नै उचित हुने भएकाले आम जनताको सुझवलाई शिरोपर गर्दै यो निर्णय गरिएको हो । 
म्याग्दी जिल्ला पर्यटकीय स्थलहरु धेरै रहेका छन् यीनै पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसारको रुपमा म्याग्दी महोत्सवलाई प्रयोग गर्ने उद्देश्य सहित यही महोत्सवमा भ्रमण वर्षको घोषणा पनि यही महोत्सवमा हुने कटुवालले बताए ।
म्याग्दीका धौलागिरी, अन्नपुर्ण हिमाल, अन्ध गल्छी, रुप्से झरना, गुर्जा हिमाल, लभ्ली हिल, केभहिल, रामायण पार्क, पौलस्त्य क्षेत्र, गलेश्वरधाम, टोड्के, मालिका लगायतका पर्यटकीय क्षेत्रको प्रचार गर्दै २०७५ सालमा म्याग्दीमा आन्तरीक तथा बाह्य पर्यटकलाई म्याग्दी भित्राउने लक्षका साथ म्याग्दी उद्योग वाणिज्य संघ अगाडी बड्ने छ ।
म्याग्दी उद्योग वाणिज्य संघको मंगलबार भएको बैठकले म्याग्दी महोत्सब २०७४ का लागि प्रत्येक टोल सुधार समितिलाइ वजार सजावटका लागि पाँच हजार रुपैंयाँका दरले प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै महोत्सवको अवसरमा निकालिने झाँकीलाई लक्षित गरी जातजातिका भेषभुशा तथा झाँकी प्रदर्शनीका लागि विगतका वर्षहरुमा प्रदान गर्दै आइएको पुरस्करारकम बृद्धि गरेको छ । झाँकी प्रदर्शनीमा पहिलो हुनेलाई १२ हजार रुपैंया र दोश्रो हुनेलाई ८ हजार तथा तेश्रो हुनेलाई पाँच हजार रुपैंया पुरस्करा प्रदान गरिने भएको छ । त्यस्तै महोत्सवको ¥यालीमा झाँकीका साथ सहभागी हुनेलाई ४ हजार रुपैंया प्रदान गरिने छ भने विना झाँकी सहभागीहरुलाई २ हजार रुपैंया प्रोत्साहन रकम प्रदान गरिने निर्णय भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।
म्याग्दी महोत्सबमा आयोजना हुने साविकका धौलागिरी अञ्चल भित्रका स्थानीय तह स्तरीय भलिबल प्रतियोगिताका लागि जिल्ला खेलकुद विकास समिति म्याग्दीलाई सहजिकरणका लागि आग्रह गर्ने निर्णय गरेको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले बताए ।

0 comments

Write Down Your Responses

Loading...
Amrit Baskune

ads